नेपालमा रेल जोड्न चीन आतुर

नेपालमा रेल जोड्न चीन आतुर

लिन्जी (चीन) : काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ ।

‘नेपालमा रेल र सडक सञ्जालले जोडेर विकास सहकार्य गर्न हामी आतुर छांै, यसमा काम भइरहेको छ’, जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले भने, ‘नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो । सीमा जोडिएका हामी सहकार्य गरेर अघि बढ्ने हो ।’

नेपाली सीमा केरुङसम्म कहिलेसम्म आउला त रेल ? चिनियाँ उच्च अधिकारीसँग यसको स्पष्ट जवाफ नभए पनि उनीहरू काठमाडौं जाने रेलको काम उच्च प्राथमिकतामा रहेको बताउँछन् । अन्नपूर्णसँगको संक्षिप्त कुराकानीमा चुले भने, ‘काम भइरहेको छ, नेपालमा पनि रेल आउँछ । ल्हासाको रेल केरुङ पुगेपछि काठमाडौं टाढा हुँदैन । त्यहाँ जोड्ने अध्ययन भइरहेको छ । त्यो निर्माणको चरणमा नै अघि बढ्नेछ ।’

ल्हासाको डाँडोमा रेल गुडाइरहेको चीनले पछिल्लो समय काठमाडौंमा रेल ल्याउनेमा नेपाली जति आशावादी छन्, चिनियाँ अधिकारीहरू पनि त्यतिकै उत्साही सुनिए । उनले थपे, ‘तिब्बत पनि विकासकै चरणमा छ । नेपालमा तिब्बत विकासको अनुभव अपरिहार्य छ । विकासमा सहकार्य गर्न तिब्बत सधैं तयार छ ।’

दुई देशबीच उच्च हिमाली भूभाग छ । यो भूगोल रेल, सडक, विद्युत्लगायत सञ्जालका लागि सहज मानिँदैन तर तिब्बतले यस्ता पूर्वाधारमा काम गरिरहेको बताउँदै चुले भने, ‘तिब्बत दक्षिण एसिया जोड्ने माध्यमको आरम्भकर्ता भएपनि मूलद्वार नेपाल हो । तिब्बतबाट नेपाल हुँदै दक्षिण एसिया जोड्ने छौं । यसमा काम भइरहेको छ । नेपाल यसको द्वारमा निर्भीक रहनेछ ।’

सिगात्सेको रेल केरुङसम्म ल्याइपु¥याउन नेपालले चीनतिर सडक सञ्जाल विस्तार गर्नुपर्ने चिनियाँ अधिकारीको सुझाव छ । ‘चीन नेपालसँग भौतिक पूर्वाधारमा सहकार्य गरी काम अघि बढाउन चाहन्छ’, उपाध्यक्ष चुले भने ‘मैले यो विषय नेपाली राजनीतिक उच्च अधिकारीलाई भन्ने गरेको छु । हामी पनि विकासको चरणमा छौं । विन–विन सहकार्यमा विकास अघि बढाऔं । नेपाल मात्र होइन हिमालयन सहकार्य अबको अपरिहार्यता हो । हामी अब पहिलेझैं अवस्थामा छैनैाँ । प्रविधि छ । विकास कार्य त्यहींबाट सहज हुने हो ।’

चीनले त्रिपक्षीय सहकार्यको प्रस्ताव अघि बढाउँदै नेपाललाई दक्षिण एसियाको ढोका सम्झेर यस्ता कार्यअघि बढाउन लागेको पनि उनले दोहो¥याए । काठमाडौं हुँदै रेलमार्ग निर्माण गर्दा नेपाल दक्षिण एसियाको रणनीतिक विन्दुमा दरिने र थप विकासमा अघि बढ्ने पनि उपाध्यक्षले बताए । नेपालमा प्राथमिकताका आधारमा उच्चतम महत्व दिएर तिब्बत सरकारले केन्द्रसँग सहकार्य गरी कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने चुको धारणा छ ।

नेपालस्थित चिनियाँ दूतावासमा नियोग उपप्रमुख रही डेढ वर्षअघि फर्केर बेइजिङस्थित विदेश मन्त्रालयअन्तर्गत बाह्य सुरक्षा विभागको सल्लाहकार रहेकी वाङ लिजिङले अन्तर्देशीय सञ्जाल चीनको प्राथमिकता भएको बताइन् । ‘पर्वतीय सहकार्यका लागि बेल्ट एन्ड रोड फोरम’मा आएकी उनले भनिन्, ‘नेपाल हाम्रो नजिकको मित्र मात्र होइन, पर्वतीय सहकार्यको एक भरपर्दो मित्र एवं पाटो हो ।’

उनले पनि रेलका विषयमा सम्झौता भएर अध्ययन अघि बढेको बताउँदै नेपालको विकासमा चीन सहकार्य गर्न तयार रहेको उल्लेख गरिन् ।

छिमेकी चीनले नेपाल हुँदै भारत लैजाने गरी रेल काठमाडौं ल्याउन खोजेको आम बुझाइ छ । उत्तर प्रदेश र विहारको बजार चीनको नजरमा छ भने भारतले चिनियाँ बजारलाई कुनै न कुनै रूपमा नजर लगाइरहेको छ ।

तीन वर्षअघि भारतले नेपालमा नाकाबन्दी लगाएपछि उत्तरतर्फको सडक तथा रेल सञ्जालले बढी महŒव पाएको हो । नाकाबन्दीकै समयमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७२ चैतमा चीनको भ्रमण गर्दै चीनतर्फ रेल र तेल ढुवानीको संरचना जोड्ने विषय अघि बढाएका हुन् । तेलको प्रसंग अघि नबढे पनि रेलमार्ग निर्माणले अध्ययनको तहमा निरन्तरता पाइरहेको छ ।

निकै खर्चिलो हुने ठानिएको रेल परियोजनामा नेपालले चीनको सहयोग खोजेको छ । चीनले अनुदानमा केही र केही सहुलियत ऋण दिन सक्ने बताउँदै आएको छ । चिनियाँ अधिकारीले रेलसँगै सडकमार्ग विकासमा पनि जोड दिएका छन् ।

चीनले चुपचाप काम गरिरहेको छः महरा

सभामुख कृष्णबहादुर महाराले चीनले सीमामा रेल छिट्टै ल्याउने बताए । ‘चीनले सबै विषय बाहिर ल्याउँदैन । केरुङमा रेल ल्याउन सिगात्सेबाट कामअघि बढेको छ, छिट्टै रेल आउनेमा विश्वस्त छु’, उनले भने, ‘हामीले पनि आन्तरिक गृहकार्य गरेर कुन मोडलमा बनाउने भन्ने स्पष्ट हुन जरुरी छ ।’

नेपालतर्फ अध्ययनको चरणमा रहेर केही सहकार्यमा छलफल भएकाले काठमाडौंसम्म आउने रेलको सपना पूरा हुने उनले बताए ।

तिब्बत–नेपाल रेलले जोड्ने विषय बहसमा आइहँदा तिब्बतको केरुङमै कहिले रेल पुग्छ भन्नेमा चिनियाँ अधिकारीहरूले प्रष्ट भनेनन् । बेइजिङले दक्षिणतर्फका आफ्ना छिमेकमार्फत् नै दक्षिण एसिया हँुदै मध्य र पश्चिम एसियासम्मको सञ्जाल परिकल्पना गरेको छ । नेपाललाई दक्षिण एसिया जोड्ने चीनको प्रवेशद्वार भन्दै सहकार्यको लागि तिब्बतले नै पहल गरेको छ ।

तिब्बत भ्रमणमा रहेका महराले भने चीनले नेपाललाई रेलले जोड्नेमा आशंका नरहेको बताए । ‘रेलको अध्ययन तयारी हुँदै गर्दा राम्रो सडक पनि बन्नेछ, सीमामा भौतिक पूर्वाधार बन्नेछन्’, महराले भने, ‘त्यसमा सरकारले काम गरिरहेको सुनेको छु ।’

चिनियाँ राष्ट्रपति सि चिनफिङले अघि बढाएको बीआरआईमा नेपाल सहभागी भएको र त्यहीअन्तर्गत रेल बनाउने सोच सरकारले राखेर अघि बढ्न उनले सरकारलाई सुझाए ।

महरा चिनियाँ अधिकारीसहित दुई अन्तर्राष्ट्रिय नाका (तातोपानी–खासा र रसुवागढी–केरुङ) पुनःनिर्माणको शिलान्यास गरेर आइतबार लुलाङ आएका हुन् । चीनले कसरी गाँउको विकास गर्छ भन्ने देखाउन र सहकार्यसम्बन्धी अन्तत्र्रिmया गर्न सभामुख महरालाई यहाँ निम्त्याइएको हो ।

अन्तत्र्रिmयामा नेपालका उद्यमी व्यापारी, बैंकर, सरकारी अधिकारी, सांसद, थिंकट्यांक र सञ्चारकर्मीको सहभागिता थियो । सहभागी सबैले सञ्जाल विस्तार र भौतिक पूर्वाधारमा चिनियाँ लगानीमा जोड दिए । उनीहरूले रेल मार्गलाई बीआरआईअन्तर्गत राखेर नेपालमा छिट्टै रेलमार्ग जोडिनु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.