नेकपा जनसंगठन एकता : नाममा सहमति, नेतृत्वमा रस्साकस्सी

नेकपा जनसंगठन एकता : नाममा सहमति, नेतृत्वमा रस्साकस्सी

 काठमाडौं : सत्तारुढ नेकपाको प्रभावशाली जनसंगठनहरू नाममा सहमति जुटेपनि नेतृत्वमा सहमति हुन सकेको छैन। दुवै घटकका नेताहरूले नेतृत्वको दाबी नछाड्दा निर्णय जिम्मा पार्टी नेतृत्वकै काँधमा छ। जनसंगठनमध्ये प्रभावशाली मानिएको युवा, विद्यार्थी, मजदुर, किसान, महिला, कलाकार, पत्रकारहरूको नेतृत्व हत्याउन आकांक्षी नेताहरूको दौड चलेको छ। नेकपाका २२ जनसंगठन छन्। तीमध्ये इन्जियिनयरिङतर्फको जनसंगठनको एकता भइसकेको छ भने अन्य जनसंगठनको एकता बाँकी छ।

एकतापछि बन्ने जनसंगठनको नाम, नेतृत्व, झण्डा, स्थापना मिलिगायतका विषयमा वहस पेचिलो बनेको छ। तीमध्ये संगठनको नाम, स्थापना मिति र झण्डामा क्रमिक सहमति जुट्दै गएपनि नेतृत्वमा भने कार्यदल तहमा सहमति जुटने सम्भावना टरेको छ। पार्टीकै दुई अध्यक्षले अब जनसंगठनको नेतृत्व आपसी समझदारीमा भागवन्डा लगाउनु पर्ने अवस्था आएको नेकपाका एक केन्द्रीय नेताले बताए। बुधबार बस्ने पार्टी सचिवालय बैठकमा जनसंगठनदेखि पार्टीका प्रदेश तथा जिल्ला संगठनको नेतृत्व वाडफाँडको प्रस्ताव दुई अध्यक्षले पेश गर्ने सम्भावना छ।

दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल)बीच सोमबार र मंगलबार दुई चरण प्रस्ताव तयार पार्ने विषयमा छलफल भएको थियो। सचिवालय बैठकको पूर्वतयारीका लागि दुई अध्यक्षले आन्तरिक गृहकार्य गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

विद्यार्थीमा संगठनको नाम अनेरास्ववियु राख्ने सहमति छ। तर नेतृत्वमा दुवै घटकका नेताले दौड नछाडेका कारण सहमति जुटेको छैन। जसका कारण कार्यदलले आफ्नो प्रतिवेदन अझै केन्द्रीय कार्यालयलाई बुझाउन सकेको छैन। अध्यक्षमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका महासचिव ऐन महर आकांक्षी देखिएका छन्। अनेरास्ववियुकै रश्मी आचार्य, महेश बर्तौलालगायतले पनि झिनो आकांक्षा भने अझै देखाइ नै रहेका छन्।

मजदुर संगठनमा भने दुवै संगठनको नामलाई समाविष्ट गरी एकीकृत नाममा सहमति जुटाइएको छ। नेपालीमा अखिल नेपाल ट्रेड युनियन महासंघ र अग्रेजीमा जिफन्ट रहने गरी नाममा सहमति बनेको छ। नेपाली नाम पूर्वमाओवादीको मजदुर संगठन र अंग्रेजी नाम पूर्वएमालेको मजदुर संगठनको रहने गरी सहमति जुटाइएको मजदुर नेता जय कार्कीले बताए। ११ सदस्यीय एकता संयोजन समिति जिफन्ट अध्यक्ष विनोट श्रेष्ठको संयोजकत्वमा बनाइए पनि एकीकृत संगठनको नेतृत्वमा भने सहमति जुटेको छैन। श्रेष्ठ र गणेश रेग्मी मजदुर संगठनको अध्यक्षका आकांक्षी छन्।

किसान संगठनमा नाममा सहमति बनेको छ। एकतापछिको किसान संगठनको नाम अखिल नेपाल किसान महासंघ राख्ने गरी कार्यदलले सहमति जुटाए पनि नेतृत्वमा सहमति नबन्दा दुवै घटकका नेताहरूको नाम सिफारिस गरिएको छ। केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ दुवैले अध्यक्षको दाबी छाडेका छैनन। एमालेतर्फको किसान महासंघको लामो समय अध्यक्ष रहेका वामदेव गौतमले पुनःअध्यक्ष बन्न चाहे दुवै नेता सहमत हुने तर गौतमले नचाहेमा आफू अध्यक्ष नछाडने दुवै नेताको भनाइ छ।

सास्कृतिक कर्मी (कलाकार) हरूमा संगठनको नाम जनसंस्कृतिक महासंघ नेपाल राख्नेमा सहमति बनेको छ। तर नेतृत्वमा यो संगठनभित्र पनि उस्तै रस्साकस्सी छ। महासंघका आंगिक संगठनको नेतृत्व भागवन्डा लगाए पनि मुल महासंघको नेतृत्वमा भने दुवै पक्षले दाबी छाडेका छैनन्। महासंघको नेतृत्व हत्याउनका लागि खगेन्द्र राई र सरल सहयात्री लागि परेका छन्। पत्रकारहरूको संगठनमा पनि नाममा सहमति भए पनि नेतृत्वमा सहमति जुटेको छैन।

पे्रस चौतारी र प्रेस सेन्टरको एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल राख्ने सहमति भएको छ। तर नेतृत्वका लागि महेश्वर दाहाल, गणेश बस्नेत, बलराम थापा, माधव नेपाल, विष्णु सापकोटाको दाबी छ।

लोकतान्त्रिक मधेसी संगठन र मेधसी राष्ट्रिय मुक्तिमोर्चाको नेतृत्वका लागि जगदिश कुसैयत र रामकुमार शर्माले आकांक्षा देखाएका छन्। नेपाल उत्पीडित जातिय मुक्ति समाज र दलित मुक्ति मोर्चाको एकतापछि बन्ने संगठनको नेतृत्वका लागि तिलक परियार र जीतु गौतम र दलजीत श्रीपाइलीले आकांक्षा देखाएका छन्। परियारले सम्मेलनसम्म आफूलाई अध्यक्ष दिन प्रस्ताव गरेका छन्।

नेपाल वुद्धिजीवि परिषद् र अखिल नेपाल वुद्धजीवि संगठनको एकतापछिको नेतृत्वका लागि दिनेशचन्द्र देवकोटा र नरेश भण्डारी आकांक्षी छन्। नेपाल लोकतान्त्रिक खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघको एकतापछिको संगठनको नेतृत्वमा पुरुषोत्तम पौडेल, शिव कोइराला र टेन्डी शेर्पा दौडधुपमा लागेका छन्।

युवामा जुट्नै सकेन सहमति

सवैभन्दा पेचिलो विवाद नेकपाको युवा संगठनभित्र परेको छ। कार्यदलले युवाहरूको एकतापछि बन्ने संगठनको नाम, झण्डा, स्थापना मिति र नेतृत्वमा कुनै सहमति जुटाउन सकेको छैन। पूर्वएमाले तर्फको युवा संघ नेपालले आफ्नो नाम, स्थापना मिति, नेतृत्व र झण्डा सम्ममा आफ्नो दाबी नछाडेका कारण विवाद जस्ताकौ तस्तै रहेको योङ कम्युनिस्ट लिगका नेताहरू बताउँछन्।

महिला संगठनमा पनि तीन थरि नाम प्रस्ताव भएको छ। सम्मेलनपछि अखिल नेपाल महिला महासंघ राख्ने तर अहिले भने अनेमसंघ एकीकृत, अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) मध्येबाट राख्न नाम प्रस्ताव भएको छ। तर ठोस निर्णय कार्यादलले लिन सकेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.