राजविराजमा सात सय बोतल मदिरा नष्ट
राजविराज : जिल्ला प्रहरी कार्यालय सप्तरीले भारत निकासी हुँदै गरेको सात सय बोतल अवैद्य मदिरा नष्ट गरेको छ। पछिल्लो एक सातामा नियन्त्रणमा लिइएको कस्तुरी, दिलवाले, सोफिया ब्रान्डका सात सय बोतल मदिरा जिल्ला प्रहरी कार्यालयको हातामा नष्ट गरिएको हो।
भारतको बिहारमा सन् २०१६ देखि नै मदिरा बिक्री वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइए पछि नेपालबाट लुकीछिपी अवैध ओसारपसार हुँदै आएको छ।
बिहारमा प्रतिवन्धित मदिरा नेपाल र भारतका तस्कर मिलेर अवैद्य रुपमा ओसार-पसार हुन थालेपछि सीमा क्षेत्रमा निगरानी बढाइएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताए। सीमा क्षेत्रमा प्रहरीले सक्रियता बढाएपछि विभिन्न नाकाबाट अवैध मदिरा नियन्त्रणमा आएको एसपी विष्टले बताए। तस्करीमा संलग्न व्यक्ति भने पक्राउ परेका छैनन्।