देउडामा डुबेकी गौरी

देउडामा डुबेकी गौरी

सुदूरपश्चिम नेपालमा देउडा गीत निकै लोकप्रिय छ। सामूहिक रूपमा हात समातेर खुट्टाका पाइला मिलाउँदै देउडा गाइन्छ। देउडा गीतलाई देशभरि चिनाउन लागिपरेकी छिन्, गायिका गौरी भट्ट। 'देउडालाई नेपालभर चिनाउन चाहन्छु,' उनी भन्छिन्। 

लोकदोहोरी गीतसमेत गाएकी गौरी देउडा गायिकाका रूपमा चिनिन मन पराउँछिन्। उनले सात वटा लोकदोहोरी गीत गाएकी छिन्। 'आधुनिक गीत गाउने रहर पनि छ,' उनी भन्छिन्, 'तर, देउडा गीतबाट चिनिने चाहना छ।' गौरीको पहिलो गीत २०७१ सालमा 'कहाँ रुमाल सुकाउँछे' आएको थियो। उनले अहिलेसम्म सयौँ देउडा गीत गाइसकेकी छिन्। उनले गाएका देउडा गीतमध्ये 'छम्को छम्को', 'जन्म्या ठाउँ', 'काफल खाने' लगायत चर्चित छन्।
 

'देउडा गीत अब सुदूरपश्चिममा मात्र सीमित रहेन,' गौरी भन्छिन्, 'देशका कुनाकाप्चाका मान्छेले पनि रुचाउन थालेका छन्।' महिनामा २० भन्दा बढी गीत गाउने उनी बताउँछिन्। 'गीत रेकर्डिङका लागि आउनेहरू थुप्रै छन्,' उनी भन्छिन्, 'खाली बस्नु परेको छैन।' 

स्टेज कार्यक्रममा पनि गाउँछिन्, गौरी। स्रोता-दर्शकसँग प्रत्यक्ष सम्पर्क हुने भएकाले आफूलाई स्टेज कार्यक्रम मन पर्ने उनी बताउँछिन्। 'स्टुडियोमा रेकर्डिङ गर्नुभन्दा स्टेजमा दर्शकसामु प्रत्यक्ष रूपमा गाउँदा आनन्द लाग्छ,' उनी भन्छिन्। देशभित्र मात्रै होइन बाहिर पनि सांगीतिक प्रस्तुति दिने गरेको उनी बताउँछिन्।  'कार्यक्रमका निम्ता देशविदेश सबैतिरबाट आउँछन्,' उनी भन्छन्। 

२०५४ सालमा कञ्चनपुरमा जन्मेकी गौरी सानैदेखि गीत गाउने गर्थिन्। आफूले गीत-संगीतलाई औधी माया गर्ने उनी बताउँछिन्। 'संस्कृतिसँग जोडिएकाले देउडा गीतसँग मेरो गहिरो लगाव छ,' उनी भन्छिन्, 'जबसम्म बाँच्छु देउडा गीतमै लागिरहन्छु।' उनले देउडा गीत लेख्न थालेकी छिन्। तर, आफूले लेखेका गीत रेकर्ड नगरेको उनी बताउँछिन्। 'डायरीमा सुरक्षित राखेकी छु, कुनै दिन रेकर्डिङ गराउनेछु,' उनी भन्छिन्। 
-सम्पूर्ण साप्ताहिक


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.