विवादकाबीच गाउँपालिकाले बनायो आफ्न पाठ्यक्रम

विवादकाबीच गाउँपालिकाले बनायो आफ्न पाठ्यक्रम

ओखलढुंगा : चम्पादेवी गाउँपालिकाले स्थानीय विषयको नयाँ पाठ्यक्रम निर्माण गरी लागू गरेको छ । गाउँपालिकाभरिका ४३ सामुदायिक विद्यालयमा कक्षा १ मा स्थानीय विषयको नयाँ पाठ्यक्रम लागू गरिएको हो । नयाँ पाठ्क्रमको अंकभार कुल सय पूर्णांक रहेको छ ।

नयाँ पाठ्यक्रममा अंग्रेजी, गणित, विज्ञान र सामान्य ज्ञानका विषय समेटिएका छन् । यी विषय चित्रको माध्यमबाट सिकाइने गरी पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका शिक्षा अनुगमन समितिका संयोजक उज्जन बुढाथोकीले बताए । स्थानीय विज्ञहरूको टोलीले तयार पारेको खाकाका आधारमा गाउँपालिकाले नयाँ पाठ्यक्रम विकास गरेर लागू गरेको उनले बताए ।

पहिलो वर्ष कक्षा १ बाट कार्यान्वयनमा ल्याइएको पाठ्यक्रम क्रमशः कक्षा ५ सम्म लागू हुने बताइएको छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका लागि गाउँपालिकाले केही समयअघि स्थानीय विज्ञसहित शिक्षकहरूको समिति बनाएको थियो । उक्त समितिले तयार गरेको पाठ्यक्रमअनुसार सबै विद्यालयमा पाठ्यपुस्तक तयार गरेर पठनपाठन सुरु गरिएको हो । गाउँपालिकाका अनुसार चित्र तथा शिक्षण सामग्रीका माध्यमबाट विषयवस्तु पढाउने गरी पाठ्यक्रम तयार गरिएको छ ।

चित्र तथा शिक्षण सामग्रीका माध्यमबाट विषयवस्तु पढाउने गरी पाठ्यक्रम तयार गरिएको छ।

बाल मनोविज्ञान र स्थानीय परिवेश समेटेर अंग्रेजी माध्यमबाट तयार गरिएको पाठ्यक्रम लागू गरेपछि गाउँपालिकाको शैक्षिक गुणस्तर उक्सने अध्यक्ष नवराज केसीले बताए । गाउँपालिकाले पाठ्यक्रमसँगै शैक्षिक क्यालेन्डरसमेत निर्माण गरी लागू गरेको छ । शिक्षण सिकाइ क्रियाकलापमा एकरूपता ल्याउन गाउँपालिकाभरिका विद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिएको हो । गाउँपालिकामा एक क्याम्पस सात माध्यमिक विद्यालय, ३२ आधारभूत र तीन वालविकास कक्षा गरी ४३ शैक्षिक संस्था छन् ।

नयाँ पाठ्यक्रमले स्थानीय भाषा र संस्कृतिलाई भने बेवास्ता गरेको छ । गाउँपालिकामा मगर, तामाङ, सुनुवारलगायत स्थानीय भाषा पनि प्रचलनमा छन् । जनजातिका भाषा संरक्षणमा गाउँपालिकाले चासो नदिइएको स्थानीयले गुनासो गरेका छन् । लोपोन्मुख वादी समुदायका सवाल पनि सम्बोधन नभएको भन्दै सरोकारवालाहरूले पाठ्यक्रमको विरोध गरेका छन् । यसबारे शिक्षा अनुगमन समितिका संयोजक बुढाथोकीले अधिकांश क्षत्री, ब्राह्मण रहेकाले अन्य भाषामा पाठ्यक्रम र पाठ्यपुस्तक बनाएर लागू गर्न नसकिने बताए ।

त्यस्तै गाउँपालिकाले कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा शिक्षक अभावको समस्या समाधान गर्न चालु आर्थिक वर्षबाट कम्तीमा १० जना शिक्षक व्यवस्थापन गर्ने गरी एक करोडभन्दा बढी बजेट विनियोजन गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.