टिपर दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

टिपर दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

विदुर : नेपाल–चीन सीमा रसुवागढी नजिकै टिपर दुर्घटना भएको छ। दुर्घटनामा रसुवागढी चालकसहित जलविद्युतको निर्माणस्थलमा कार्यरत दुई मजदुरको ज्यान गएको छ भने नौ जना मजदुर घाइते भएका छन्। 

धुन्चेदेखि ३३ किलोमिटर उत्तर भोटेकोशी नदी किनारमा रहेको गोसाइकुण्ड गाउँपालिका १ टिमुरेमा शनिबार राति रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ६ नं. को ट्रिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको हो।

नौजना घाइते भएकोमा चारजना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। टिपर कच्ची सडकमार्गदेखि एक सय मिटर तल खसेको थियो। 

चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ का २२ वर्षीय रमेश कप्रोल र जलविद्युत आयोजनाका मजदुर रुकुमको हुमी–९ का ५० वर्षीय भीम रोक्काको मृत्यु भएको प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए। 

चालक कप्रोलको घटनास्थलमै र रोक्काको उपचारको क्रममा मृत्यु भएको हो। चिनियाँ नागरिकको अवस्था चिन्ताजनक रहेको छ।

         


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.