वकालत छाडेर गाईपालन

वकालत छाडेर गाईपालन

दिपायल : डोटीका एक कानुन व्यवसायीले वकालत पेसा छाडेर गाईपालन सुरु गरेका छन्। दिपायल सिलगढी नगरपालिका–६, सिलगढीका सुजितकुमार श्रेष्ठले आफ्नै जग्गामा १६ वटा जर्सी गाई पालेका छन्।

श्रेष्ठले कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। अहिले पनि कहिलेकाँही मुद्दा आयो भने उनी कानुन व्यवसायीको काम गर्छन्। नौ वर्षसम्म गैरसरकारी संस्थामा काम गरेका उनले संघीय राजधानीबाट कृषि कर्म सुरु गरेका हुन्। काठमाडौंको दहचोकमा उनको आफ्नै ‘साम्भवी एग्रो प्रोडक्सन प्रालि’ छ। १० रोपनी जमिन भाँडामा लिएर उनले त्यहाँ गाई, कुखुरापालन र तरकारीखेती गरिरहेका छन्।

आफन्त र जिल्लाबासीले डोटीमा पनि व्यवसाय गर्न सल्लाह दिएपछि श्रेष्ठले दिपायल सिलगढी नगरपालिका–५ द्वारीखोलास्थित चिसापानीमा १६ फार्म सञ्चालन गरेका हुन्। अहिले उनको ‘साम्भवी एग्रो प्रोडक्सनको केन्द्रीय कार्यालय दिपायल हो भने काठमाडौंको दहचोकमा शाखा छ।

कृषि विकास बैंक सिलगढी शाखाबाट १० लाख ऋण लिएर गाईपालन सुरु गरेका श्रेष्ठसँग अहिले गोठमा १६ वटा जर्सी गाई छन्। उनको फार्ममा हलिस्टिन जातका गाई छन्।

डोटीका दिपायल, सिलगढी, गोपघाटलगायत बजारमा दूध आपूर्ति गरिरहेका उनी कहिलेकाँही मोटरसाइकलमा आफै दूध पु¥याउन जान्छन्।

उनले अछामको विनायकबाट नौ मुठे गाई ल्याएर पालका छन्। ‘नौ मुठे गाईको संरक्षण गर्ने उद्देश्यले अछामबाट ल्याएर पालेको छु’, उनले भने। उनी सरदर दैनिक दुई सय लिटर दूध बिक्री गर्छन्। उनले भने, ‘कामदार र अरु खर्च कटाएर मासिक एक लाख नाफा हुन्छ।’ वास्तविक किसान ओझेलमा परेकाले सम्बन्धित निकायले त्यसमा ध्यान दिनुपर्ने उनको सुझाव छ। उन्नत जात (नस्ल)का गाईबाख्रा उत्पादन गरेर सरकारी र गैरसरकारी निकायमार्फत अन्य क्षेत्रमा उपलब्ध गराउने सोच रहेको उनले बताए।

‘बजारमा दुग्धजन्य पदार्थको माग धेरै छ तर आपूर्ति मागअनुसार छैन’, उनले भने,‘ त्यसैले सरकारले अनुदानमा दूध उत्पादन गर्ने योजना बनायो भने गाउँमा स्वरोजगारी सिर्जना हुनेछ।’ कृषिमा मासुजन्य र दुग्धजन्य उत्पादनका लागि सरकारले सहयोग गर्ने हो भने रोजगारी र आत्मनिर्भरता दुवै बढ्ने उनको भनाइ छ। ‘म युवालाई पशुपालन र कृषिमा हुने फाइदाबारे बताउन चाहन्छु, अबको मेरो प्रयास त्यही हुन्छ’, उनले भने, ‘कृषिलाई निर्वाहमुखी होइन व्यावसायिक बनाउन जरुरी छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.