चारवटा खानेपानी उद्योगबाट कोलिफर्मयुक्त पानी बिक्री

चारवटा खानेपानी उद्योगबाट कोलिफर्मयुक्त पानी बिक्री

बिर्तामोड : झापाका चारवटा खानेपानी उद्योगले उत्पादन गरेको पानीमा कोलिफर्म फेला परे पनि बिक्री वितरण भने भइरहेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरले उद्योग बन्द गरी उत्पादन रोक्न पत्राचार गरेको ६ दिन बितिसक्दा पनि ती उद्योगले उत्पादन गरेको पानी बजारमा बिक्री भइरहेको हो। उत्पादन पनि रोकिएको छैन।

प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरेले भदौ २० गते झापाका नौवटा खानेपानी उद्योगको स्थलगत अनुगमन गर्दै पानीको नमुना संकलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुणनियन्त्रण क्षेत्रीय कार्यालय विराटनगर पठाएका थिए।

अनुगमन गरिएकामध्ये बिर्तामोडस्थित देवी पाथीभरा इन्डस्ट्रिजबाट उत्पादित लाइफलाइन, प्रकाश बेभरेज इन्डस्ट्रिजबाट उत्पादित लाइफ केयर, बुद्धशान्ति गाउँपालिका–३ स्थित भगवती वेभरेजबाट उत्पादित ओ–एक्वा र मेचीनगर नगरपालिका–६ स्थित अक्वाटप मकालु मिनिरल वाटर उद्योगबाट उत्पादित मकालु ब्रान्डको पानीमा कोलिफर्म भेटिएको हो।

गुणनियन्त्रण कार्यालयले चारवटै उद्योगलाई भदौ २६ गते नै पत्रचार गर्दै प्रशोधित पानीको गुणस्तर कायम गरेर मात्र बिक्री–वितरण गर्न निर्देशन दिएको थियो। तर, ती उद्योगले आइतबारसम्मै उद्योग सञ्चालन गरी उत्पादित पानी बजार पठाएका छन् भने बजारमा रहेका पानी पनि फिर्ता मगाएका छैनन्।

मानव स्वास्थ्यका लागि घातक कोलिफर्म भएका ती पानी बजारमा नलैजान र बिक्री–वितरणमा तत्काल रोक लगाउन मन्त्रालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयलाई निर्देशनसहितको पत्र काटिसकेको मन्त्रालयका उपसचिव गोपी घिमिरेले जानकारी दिए। सोहीअनुरूप कार्यालयले पनि उद्योगलाई पत्रचार गरेको हो।

यता, झापा जिल्लाका खाद्य निरीक्षक दिनेश ढुंगानाले उद्योगमा पत्र पुगिसकेको र बन्द गरी सुधारतर्फ लागे/नलागेको विषयमा मंगलबारदेखि अनुगमन गरिने बताए। ‘हामीलाई पनि पत्र २८ गते प्राप्त भयो, निर्णय २६ गते भएको रहेछ, सबै उद्योगमा पत्र पठाएका छौं, उत्पादन रोकिएको छ या छैन मंगलबारदेखि अनुगमन गर्छौं,’ ढुंगानाले भने। उनले कोलिफर्म भेटिएका उद्योगले बजारमा पठाएका सबै पानी फिर्ता मगाउन र नष्ट गरी नयाँ पानी उत्पादन गर्न आफूले पनि निर्देशन दिएको बताए।

‘अब ती उद्योग सुधार नभएसम्म बन्द रहन्छन्, नयाँ पानी उत्पादन गरी परीक्षण गर्दा कोलिफर्म नभेटिए मात्र बजारमा आउँछ,’ उनले भने। कोलिफर्मभित्र पनि कीटाणु हुने भएकाले अन्य रिपोर्ट खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयबाट आउन बाँकी छ।

प्रशोधित पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ अनुसार उद्योगको अवस्था सुधार गरेपछि मात्र उद्योग सञ्चालनमा ल्याउन उद्योगलाई पत्र काटिएको थियो। सुधारका लागि चारवटै उद्योगलाई सुधारका लागि १५ दिनको समय दिइएको छ।

यसैबीच, अनुमतिबिना सञ्चालित झापाका दुई वटा खानेपानी उद्योगमा गरिएको तालाबन्दी भने यथावत् रहने बताइएको छ। बिर्तामोडस्थित गोरखा मिनिरल वाटर उद्योग र बुद्धशान्तिस्थित भगवती वेभरेज उद्योगमा तालाबन्दी गरिएको छ।

घरेलु तथा साना उद्योग कार्यालय झापाका अधिकृत चन्द्रप्रसाद मि श्रका अनुसार मोहन सिटौला र ललितचन्द्र गजुरेल (ब्रजाचार्य) ले सञ्चालन गरेको गोरखाले ‘निरागी’ ब्रान्डको पानी र सुमन पनेरुले सञ्चालन गरेको भगवतीले ‘ओ–एक्वा’ ब्रान्डको पानी उत्पादन गर्दै आएको थियो।

अर्जुनधारास्थित विशाल वेभरेज उद्योगले नियमविपरीत प्युरिकम पानी उत्पादन गर्दै आएका उद्योगका सञ्चालक वसन्त सोनिमले आफैं उद्योग बन्द गरी फरार भएका छन्। उनलाई जिल्ला प्रशासन कार्यालय झापाले ७ दिनभित्र अनुमति लिन र उद्योग सञ्चालन नगर्न निर्देशन दिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.