डोटीमा अज्ञात रोगले ५० पशु मरे

डोटीमा अज्ञात रोगले ५० पशु मरे

डोटी : अज्ञात रोगका कारण डोटीको शिखर नगरपालिका -१० बानेडुग्रीसैनका पशु धमामध मर्न थालेका छन्। करिब दुई महिनादेखि फैलिएको अज्ञात रोगका कारण भैंसी, गोरु तथा गाई मरेका हुन्। पशु चौपायमा कुन रोग लागेको हो अहिलेसम्म पत्ता लागेको छैन।रोगका कारण अहिलेसम्म करिब ५० चौपाय मरेको वडा अध्यक्ष मिनबहादुर बलायरले जानकारी दिए। सुरुमा झोक्य्राउने र बिस्तारै सुनिदै गएर मर्ने गरेको अध्यक्ष बलायरले जानकारी दिए।

जिल्लामा पशुसम्बन्धी चिकित्सक नभएका कारण रोग पत्ता लाग्न नसकेको र उपचार समेत हुन सकिरहेको छैन। नगरपालिकामा रहेको पशु सेवा इकाइ कार्यालयबाट प्राविधिक सो क्षेत्रमा गएपनि रोग पत्ता लगाउन नसकेको स्थानीय हर्कबहादुर बलायरले बताए।

इकाइ कार्यालयमा रहेको सामान्य औषधि प्रयोग गरिएको भएपनि औषधिले खासै काम गर्न नसकिएको पशु इकाइ कार्यालयका प्राविधिक जयप्रकाश मल्लले बताए। 'चौपायको गोबर जाँचको लागि धनगढी पठाइएको छ', प्राविधिक मल्लले भने, 'रिपोर्ट आएको छैन।' मरेका चौपायको कलेजो, फोक्सो आदिको जाँच गर्नुपर्ने भएकाले चेकजाँच गराए मात्र रोग पत्ता लाग्ने मल्लले बताए ।

पशु चौपायमा फैलिएको महामारी रोग पत्ता लगाउन नगरपालिकाबाट पहल भइरहेको नगरप्रमुख सिताराम जोशीले बताए। 'छिमेकी जिल्ला डडेल्धुरामा पनि पशु चिकित्सक छैनन्' नगरप्रमुख जोशीले भने, 'कैलालीबाट पशु चिकित्सकको टिम ल्याउनका लागि पहल भइरहेको छ।' 

पटक पटक नगरपालिका तथा सम्बन्धित निकायमा जानकारी गराएको भएपनि दुई महिना भइसक्दा समेत कुनै किसिमको पहल हुन नसकेको स्थानीय प्रेम भुलले बताए। 'रोगका कारण चौपाय मर्ने क्रम रोकिएको छैन,' प्रेमले भने, 'महामारीको रुपमा रोग फैलदा समेत कुनै निकायले सुनेको छैन ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.