तक्मा वितरण पञ्चायती शैलीमै

तक्मा वितरण पञ्चायती शैलीमै

काठमाडौं : संविधान दिवसमा मानपदवी, अलंकार र पदक पाउने जम्बो टोलीका सबैजसो पहुँचवाला छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर कार्यान्वयनमा आएको ३ वर्ष पुग्यो। पञ्चायती र राणाकालीन शासनको झल्को भने हटेको छैन।

सरकारले संविधान दिवसमा बुधवार ५ सय १८ जनालाई विभूषित गरेको हो। तिनमा दूरदराजमा रहेर राष्ट्रसेवा गरेकाको संख्या अत्यन्त न्यून छ। ‘न कुनै मापदण्ड छ, न कुनै आधार’, प्राध्यापक लोकराज वरालले यसमा टिप्पणी गरे, ‘आसेपासेलाई खुशी पार्न र भजनमण्डली वढाउन तक्मा वितरण गरिएको छ। अहिलेका शासकहरूको हाउभाउ र चरित्र पञ्चायतलाई बिर्साउने खालको देखिदै छ।’

विभुषण ऐन २०६४ मा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई मुुलुकका तर्फवाट कदर तथा सम्मान स्वरुप मानपदवी, अलंकार तथा पदक दिने प्रावधान छ। त्यसको उल्लंघन हुने गरेको छ। योगदानलाई भन्दा सोर्सफोर्स, भनसुन र निकटतालाई वढि महत्व दिइएको विश्लेषकको भनाई छ। सरकारले यस पटक मानपदवी ३४४ जनालाई तथा अलंकार र पदक १ सय ७४ जनालाई वितरण गरेको छ। गृह मन्त्रालयको विभूषण शाखाका अनुसार तक्मा वितरणमा मात्रै वार्षिक ८ करोड रुपैया खर्च हुदै आएको छ।। यसमा हालसम्म अरर्वौ रुपैया खर्च भइसकेको छ। गृहले गत वर्ष मात्रै नेपाल रत्न, राष्ट्रगौरव, राष्ट्रदीप ,जनसेवा श्री गरि विभिन्न श्रेणिका तक्माहरु ४ सय ९८ जनालाई दिने निर्णय गरेको थियो। वर्षेनी ४ देखि ५ सय जनालाई तक्मा वितरण हुने गरेको छ। तक्माको मूल्य २० हजार देखि १३ लाखसम्म पर्छ। गृहका अनुसार नेपाल रत्न वनाउन झण्डै १३ लाख खर्च हुन्छ भने अन्य विभूषण वनाउन पनि १० लाख सम्म खर्च हुने गरेको छ। ४–५ लाखसम्मका त धेरै विभूषण छन्।

पुर्व मुख्य सचिव दामोदरप्रसाद गौतमले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि पुरानै शैलीमा तक्मा वितरण गर्नु गलत भएको वताए। आफु निकटकालाई भन्दा उनीहरुले राज्यलाई दिएको योगदानको गहन अध्ययन गरि विभूषित गर्न सकिएमा नया नेपालमा परिवर्तनको महसुस हुन सक्ने उनको सुझाव छ।

विभूषण ऐन २०६४ अनुसार प्रत्येक वर्ष विभूषण वितरण गर्नकै लागि सरकारले वरिष्ट मन्त्रीको अध्यक्षतामा समिति बनाउँछ। यस पटक उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल त्यसका अध्यक्ष थिए।

गृहकै केहि अधिकारीका अनुसार तक्मा वितरण गर्ने प्रचलन राणा काल र पञ्चायत कालकै परम्पराको निरन्तरता जस्तो हुदै आएको छ। ‘अव विभूषण(तक्मा)लाई संघीय शासन अनुरुप वैज्ञानिक र चुस्त किसिमले वाडिनु पर्छ, ता की तक्माको पनि मूल्य रहन सकोस। यसो गर्न नसकिए वितरण प्रणाली खारेज गरिदिए हुन्छ’, प्राध्यापक वरालले भने।

विभूषण सिफारिस समितिका सदस्य सचिव गृह सचिव प्रेमकुमार राइले भने विगतमा भन्दा यस पटकको घोाषणा वैज्ञानिक र व्यवस्थित भएको दावी गरे। ‘नया कार्यविधि वनाएर सोही अनुसार विभुषण घोषणा भएको छ, यस पटक नागरिकस्तर वाट ७५ प्रतिशतले विभुषण पाएका छन्’, उनले भने। उनका अनुसार विगतका वर्षहरुमा सरकारी सेवाका ७५ प्रतिशतले र नगारिकस्तरवाट २५ प्रतिशतले मात्रै तक्मा पाउँथे। गत वर्षसम्म सोर्सफोर्समा वर्षै पिच्छे विभूषण लिने पात्र थिए। ‘यस पटक देखि त्यस्तो कार्यलाई पुर्ण रुपमा रोकेर समाजसेवामा उल्लेख्य भुमिका खेलेका र राम्रा तथा असल व्यक्तिहरुलाई छानी छानी विभूषण दिइएको छ’, उनले भने।

यद्यपि तक्मा पाउनेमा सरकारका निजामती, प्रहरी र सेनाका उच्च पदस्थहरुको लामो लस्करै छ।

कुन तक्माको लागत कति ?

नेपाल रत्न बनाउन १३ लाख पर्छ। यसमा हिरा, सुन र मिना जडित हुन्छ। यो आठ कोणको मणि वाट वनेको हुन्छ। यसको व्यास ८.५ सेन्टिमिटर हुन्छ। यसको अग्रभागको प्रत्येक कोणमा पाच पाच वटा हिरा हुन्छन्।

अन्य तक्माहरु राष्ट्रगौरव, राष्ट्रदीप , प्रवल र सुप्रवल जनसेवा श्री पनि सुन, हीरा, मुगा जडित ४ देखि १० लाख सम्मका हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.