गरिब परिचय पत्र धनीलाई वितरण भएपछि जनप्रतिनिधि नै रुष्ट

गरिब परिचय पत्र धनीलाई वितरण भएपछि जनप्रतिनिधि नै रुष्ट

रोल्पा : सरकारले गरिबलाई दिने परिचयपत्र रोल्पामा धनीले पाएका छन् । गाउँका कतिपय गरिब परिवार परिचयपत्रबाट बञ्चित भएका छन् । धनीलाई गरिब परिचयपत्र वितरण भएकोप्रति जनप्रतिनिधि नै रुष्ट बनेका छन् ।

वास्तविक गरिबलाई परिचयपत्र वितरण नगरिएकोमा स्थानीय जनप्रतिनिधिले आक्रोस पनि पोखेका छन् । ‘गाउँपालिकाबाट वितरण गर्ने गरी आएका गरिबको सूचिमा कतिपय धनीको नाम छ’, रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले भने ।

केही सातायता रुन्टीगढी गाउँपालिकाले परिचयपत्र वितरण अभियान चलाएको छ । मंगलबार गाउँपालिकामा परिचयपत्र लिन आउनेको भिड थियो । प्रशासकीय अधिकृत शर्मिला न्यौपाने परिचय पत्रमा हस्ताक्षर गर्न व्यस्त थिईन् । अन्य कर्मचारी परिचयपत्र वाड्न तल्लिन थिए । तर, परिचयपत्र लिन आएका धेरैको गुनासो एउटै थियो, ‘परिचयपत्र धनीले पाए, गाउँका वास्तविक गरिब छुटे ।’

आफू स्वयंले परिचय वितरण गर्दै आएका अध्यक्ष बुढामगर धनीको नाम सुचीमा रहेकोप्रति सन्तुष्ट देखिएन । ‘विवरण भर्ने वेला गलत भएको हुन सक्छ । गरिब परिचयपत्र धनीको नाममा पनि आएको छ’, अध्यक्ष बुढामगरले भने, ‘वितरण गर्नु भनेर पठाएपछि दिनै पर्यो । गाउँपालिकालाई छानविन गर्ने अधिकार छैन ।’ गाउँपालिकाले परिचयपत्र वितरण गरेकाले स्थानीयले जनप्रतिनिधिकै कारण धनीलाई गरिब परिचयपत्र दिएको आरोप लगाएका छन् ।

परिवर्तन गाउँपालिकामा पनि गरिबको विवरणमा धनीको नाम पाइएको छ । ‘पक्की घर भएका, दाङमा जग्गा भएकाको पनि गरिब परिचयपत्र आएको छ’, उपाध्यक्ष हितकुमारी बुढामगरले भनिन्, ‘धनीको नाममा आएका गरिब परिचय पत्र वितरण रोक्नेबारे छलफल भयो । तर, स्थानीय तहलाई यो अधिकार छैन रहेछ ।’

विवाद नआओस भनेर परिवर्तन गाउँपालिकाले परिचयपत्र वितरण गर्नुअघि सर्वपक्षिय वैठक आयोजना गरेको थियो । धनीका नाममा आएको गरिब परिचयपत्र रोकेर वास्तविक गरिबलाई मात्र वाँड्न सुझाव आएको थियो । माडी गाउँपालिकाले पनि परिचयपत्र वितरण बीचमै रोक्नु पर्यो । यहाँ पनि कतिपय वास्तविक गरिबको विवरण आएको छैन । तर केही धनीको नाम समावेश छ । सुनछहरी गाउँपालिकामा पनि उस्तै समस्या देखिएको छ । वास्तविक गरिबको परिचयपत्र नआएकाले वितरण गर्दा कठिनाई भएको रोल्पा नगरपालिकाका मेयर पुरण केसीले बताए ।

वास्तविक गरिबको परिचयपत्र नआएको भन्दै गंगादेव गाउँपालिकाले परिचयपत्र वितरण गर्न हच्किएको छ । अध्यक्ष बीरबहादुर खत्रीले धनीको नाममा आएको गरिबको परिचयपत्र रोकेर वास्तविक गरिबको मात्र परिचयपत्र वितरण गर्नुपर्ने अडान राखेका छन् । वास्तविक गरिब छुटाइएको र केही धनीको नाममा गरिब परिचयपत्र आएपछि जिल्लाको वास्तविक गरिबीको तथ्यांक अन्यौलमा छ ।

२०७० सालमा गरिएको गरिब घरपरिवार पहिचान सर्वेक्षणले प्रदेश ५ का १२ जिल्लामध्ये कम गरिब रहेको जिल्ला रोल्पा देखाएको थियो । जिल्लाको गरिबी दर ३२.७ प्रतिशत मात्र छ । अति, मध्यम र सामान्य गरी ६९ हजार ५ सय ३८ मात्र गरिब सर्वेक्षणले देखाएका छ । २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार जिल्लामा अनुपस्थितसहित २ लाख २४ हजार ५ सय ६ जनसंख्या छ । सर्वेक्षणमा लापरवाही भएको धेरैको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.