नेपाल आयात गर्न लागिएको मल बन्दरगाहमै थन्कियो

नेपाल आयात गर्न लागिएको मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ। नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो। 

ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य भएका छन्। भारतबाट तस्करी गरी ल्याइएको ५० किलो तौलको युरिया मल एक हजार दुईसयमा खरिद गर्दै आएको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका विजय पण्डितले बताए।

तुर्किस्तानबाट आयात गरिएको पाँच हजार मेट्रिक टन मल बन्दरगाहमै थन्किएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले जानकारी दिए। 'थप पाँच हजार मेट्रिक टन युरिया आयात गर्दै छौँ,' उनले भने। माग अत्यधिक भए पनि संस्थानले प्रति सहकारी संस्थालाई एक पटकमा १०० बोरा मात्र दिने गरेको छ। ग्रामीण क्षेत्रका सहकारीले मल अभाव देखाएर बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ। 

कम्पनीले पर्सामा आ.व. २०७४/७५ मा युरिया मल १० हजार ३७५ मेट्रिक टन, डिएपी पाँच हजार ७९९ मेट्रिक टन र पोटास १५१ मेट्रिक टन बिक्री वितरण गरेको थियो। चालू आवको साउनमा नौ हजार ६९८ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ। कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौँ, चितवनलगायतका २० हजार ११४ सहकारी संस्थामार्फत गत आवमा ५८ हजार १३९ मेट्रिक टन मल बिक्री वितरण गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.