घाइते प्रहरी जवान भन्छन् : जनतालाई लाग्ने डरले फायर खोलिनँ

घाइते प्रहरी जवान भन्छन् : जनतालाई लाग्ने डरले फायर खोलिनँ

सुनसरी : भारतीय अपराधिक समूहको गोली लागि घाइते भएका प्रहरी जवान शिवलाल पौडेलले जनतालाई लाग्ने डरले आफूले फायर नखोलेको बताएका छन्। भुटाहामा आलमलाई गोली प्रहार गरी भारतीय मोटरसाइकलमा दुईजनाको समूह घुस्कितर्फ भागेको सूचना पाउनासाथ अभियुक्त पक्राउ गर्न जवान पौडेल हतियारसहित बाटोमा पुगेका थिए। 

अभियुक्तसँग जम्का भेट हुनसाथ उनले मोटरसाइकल रोक भन्दै कराए। हतियारसहित प्रहरीको आवाज सुन्ने वित्तिकै बाटोमा सर्वसाधारणको भीड लाग्यो। त्यही भीडमा हतियारधारी समूहले आफूमाथि गोली प्रहार गरी घाइते बनाएको प्रतिष्ठानमा उपचारार्थ जवान पौडेलले बताए।

सुरुमा आफूसँग भएको राइफल फायर खोलेर अभियुक्तलाई घाइते बनाइ पक्राउ गर्ने योजना बनाएको थियो। 'उनीहरुको नजिकै रहेका स्थानीयलाई लाग्ने डरले फायर खोलिन, पौडेलले भने,' त्यहि मौका छोपेर अपराधिले आफूमाथि गोली हाने। अपराधिले टाउको ताकेर हानेको गोली छलेपछि कम्मर र खुट्टामा लागेको उनले सुनाए।

गोली लागेर ढल्दाखेरी मर्छुजस्तो लागेको थियो साथीको सहयोगमा समयमै अस्पताल पुर्‍याएपछि बाँच्न सफल भएको छु, जवान पौडेलले रुँदै भने, ' बाचुन्जेल देश र जनताको सेवामा इमान्दारिताका साथ लाग्नेछु। हिम्मत हारेको छैन्। ' 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.