भीम रावल भन्छन् : असीमित अधिकारले प्रदेश सरकार अलमलियो

भीम रावल भन्छन् : असीमित अधिकारले प्रदेश सरकार अलमलियो

धनगढी : प्रदेश मूख्यमन्त्रीहरुले आफूहरुलाई संघले अधिकारविहीन बनाएको आरोप लगाइरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका प्रदेश ७ ईञ्चार्ज भीम रावलले प्रदेशलाई असीमित अधिकार भएकाले अलमलमा परेको बताएका छन ।

एकीकृत पार्टीको प्रदेश ईञ्चार्ज बनेपछि सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । ‘प्रदेशका अधिकार, प्रदेश र संघीय सरकारका अधिकार अनि स्थानीय सरकार र प्रदेश सरकारका साझा अधिकार गरी संविधानले प्रदेशलाई असीमिति अधिकार दिएको छ, तर किन यस्तो हल्ला आउँछ, थाहा छैन’, उनले भने । 

रावलले असीमित अधिकार भएकैले प्रदेश सरकार अलमलिएको पनि बताए । ‘बरु म त के भन्छु भने अधिकार कम होइन, असीमित अधिकार भएकाले प्रदेश सरकारहरु अलमलमा परिरहेको छन’, उनले थपे । 

यसअघि पोखरामा भएको सातवटै प्रदेशका मुख्यमन्त्रीको भेलामा संघले आफूहरुलाई अधिकारबाट बञ्चित गरेको निष्कर्ष निकालेको थियो । 

उनले प्रदेश सरकार नयाँ भएकाले केही अलमल भएको बताए । ‘प्रदेश सरकारले अहिले आफ्ना अधिकारको प्रयोग गर्न नियम बनाउनुपर्छ, उ अहिले नियमकानुन बनाउन ब्यस्त छ, अर्कोतिर प्रशासनिक काम पनि उसको काँधमा छ’, रावलले भने, ‘के गर्ने के नगर्ने ? भन्ने कुराको अन्यौलले कुनै मन्त्री वा नेताले अधिकारै छैन भने पनि वास्तवमा प्रदेश अधिकारसम्पन्न छ ।’ 

सरकारको तीब्ररुपमा भइरहेको आलोचनाको रावलले बचाउ गरे । ‘जसबाट अपेक्षा बढी हुन्छ, उसको आलोचना हुन्छ, जनताले अहिलको सरकारबाट धेरै आशा र अपेक्षा गरेको छ, त्यसैले आलोचनाहुनु पनि स्वभाविकै हो’, रावलले भने । 

नेकपाले प्रदेश ईञ्चार्जमा साविकको एमालेका उपाध्यक्ष समेत रहेका भीम रावल, प्रदेश अध्यक्षमा एमालेकै कर्ण थापा, सह–ईञ्चार्जमा साविकको माओवादी केन्द्रका लक्ष्मीदत्त जोशी र सचिवमा माओवादी केन्द्रका नेपबहादुर चौधरी (सिंहराज) लाई नियुक्त गरेपछि प्रदेश कमीटीका पदाधिकारीले पहिलो पटक पत्रकार सम्मेलन गरेका हुन् ।

उनले प्रदेश कमिटीको विस्तार भइसकेकाले अब प्रदेश सरकारको कामको पनि मूल्यांकन गरिने बताए । ‘संघीय सरकारको स्थाई कमितिले र प्रदेश सरकारको प्रदेश कमिटीहरुले मूल्यांकन गर्नेछन्, यसले संघ र प्रदेश सरकारहरुको काममा तीब्रता आउनेछ’ उनले दाबी गरे । 

नेता रावलले अब केही दिनभित्रै प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय तहस्तरीय कमिटीहरु विस्तार गरिने बताए । यसअघि एमालेले एकलौटी जिल्लाका पदाधीकारी सिफारिस गरेको भन्दै आलोचना भएको थियो । सम्बाददाताहरुको जिज्ञासामा नेता रावलले भने ‘अहिले सिफारिस गरिए पनि कसैलाई चयन गरिएको छैन, एकलौटी भएन भएको कुरा चयन भएपछि मात्रै भन्ने हो ।’

उनले अब पार्टीले छिट्टै एकतामा पुर्णता पाउने बताए । ‘बाहिर चर्चा परिचर्चा भएपनि ठुला दुई पार्टीको एकतामा कुनैले केही त्याग गर्नैपर्छ, त्यसमा सबै साथीहरु तयार छन्’ उनले सान्त्वना दिँदै भने । 

पत्रकार सम्मेलनमा नेकपाका अर्का नेता लेखराज भट्ट ढिलो गरी आएका थिए । उनले पार्टीले गरेको निर्णय आफूलाई मान्य भएकाले कुनै असन्तुष्टि नरहेको बताएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.