इन्द्रजात्राको प्रसाद छ्याङ पिउन महिलाको भीड (फोटो)
काठमाडौं : इन्द्रजात्राका अवसरमा स्वेत भैरवको मुर्तिमा जोडिएको पाइपबाट छ्याङ (जाँड ) बगाउने र त्यसलाई खाने चलन छ। आठ दिनसम्म चल्ने इन्द्रजात्रामा यो नियमित परम्परा नै हो।
तर बुधबारको दिन महिलाहरूका लागिमात्र यसमा सहभागी गराइएको थियो। पहिला पुरुषहरूमात्र सहभागी हुने गरे पनि केही वर्षयता एक दिन महिलाका लागि मात्र छुट्याउन थालिएको छ। सोहीअनुसार हनुमानढोकामा रहेको स्वेत भैरवको मुर्तिबाट छ्याङको प्रसाद ग्रहण गर्न महिलाहरूको भीड लागेको थियो।
मूर्तिको पाइपबाट बगेको छ्याङ मुख बायर पिउने चलन छ। छ्याङसँगै समयवजी लगायतका प्रसाद खुवाउने चलन छ।
हेर्नुस् उमा विष्टले खिचेका फोटोहरू।











प्रतिक्रिया दिनुहोस !