राजधानी सार्ने विवादले धनगढी बन्द

राजधानी सार्ने विवादले धनगढी बन्द

धनगढी : प्रदेश नम्बर ७ को राजधानी गोदावरी नगरपालिकाको तेघरीमा सार्ने प्रस्तावको विरोधमा बिहीबार धनगढी बन्द गरिएको छ। एका बिहानै बजारमा आएका बन्दकर्ताले बजार बन्द गराएका छन् भने यहाँबाट चल्ने सार्वजनिक सवारी साधन बन्द भएका छन्। बिहान सञ्चालन हुने स्कुल कलेज पनि बन्द भएका छन्।

राजधानी र नामांकरणका लागि सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभा सदस्य तारा लामा तामाङ नेतृत्वमा साउन १० गते गठन गरेको संसदीय विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम प्रदेश र राजधानी गोदावरी नगरपालिका- ४ मा पर्ने तेघरी राख्ने प्रस्ताव सदनमा पेश गरेपछि विरोध चर्किएको हो।

बुधबार धनगढीमा नागरिक समाजको नामबाट संसद भवनको गेटमै प्रदर्शन गरिएको थियो। संसद भीत्र राजधानी र नामका बारेमा छलफल चलिरहेका बेला गेटमा नागरिक समाजले टायर बालेर चर्का नाराबाजी गर्दै प्रर्दशन गरेका थिए। 

बिहीबार पनि बिहानैदेखि धनगढीबासी सडकमा उत्रिएका छन्। स्वस्फूर्तरुपमा पसल बन्द गरेर नगरबासी धनगढीको ट्राफिक चौराहामा जमा भइरहेका छन्। उनीहरुले अरबौं लगानी अस्थाई राजधानी धनगढीमा भइसकेको, अझ दिपायलमा पनि अरबौं संरचना खाली रहेका बेला यी दुबै स्थान भन्दा फरक ठाउँमा राजधानी राख्नु जनतालाई व्ययभार बढाउनु मात्र रहेको तर्क गरिरहेका छन्।

धनगढी बजारका अधिकांश पसल बन्द छन् भने धनगढीबाट चल्ने सुदूरपश्चिम यातायात, मालिका यातायात, कर्णाली रिभर साइड यातायातका सार्वजनिक सवारी बिहानैदेखि चलेका छैनन्।

राजधानी गोदावरीको जंगलमा राखेको विरोधमा बन्द आह्वान गरिएपछि बस संचालन नगरेको सुदूरपश्चिम बस व्यवसाय समितिका उपाध्यक्ष गणेश पाण्डेले बताए।चर्का नाराबाजी गर्दै स्थानीय सडकमा उत्रिएपछि संसद भवन, विभिन्न मन्त्रालय आसपासमा ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालित गरिएको छ।नगरका चोकचोकमा प्रहरी तैनाथ गरिएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.