हिसाब नदिएको भन्दै मेयरले लेखा अधिकृतलाई कुटे

हिसाब नदिएको भन्दै मेयरले लेखा अधिकृतलाई कुटे

महोत्तरी : गत आर्थिक वर्ष गाउँमा आएको बजेटको खर्च विवरणसम्बन्धी हिसाब नदिएको भन्दै महोत्तरीमा एकजना मेयरले लेखाअधिकृतलाई कुटपिट गरेका छन् । 

अघिल्लो आर्थिक वर्षको हिसाब बुझाउन नसक्दा कोलेनिकाले नयाँ आवको बजेट निकासा नगरेपछि महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले लेखा अधिकृत पवनकुमार अधिकारी (यादव) सँग तीन महिनादेखि हिसाब मागेका थिए । 

तर लेखा अधिकृत अधिकारीले हिसाब दिन आलटाल गरेपछि मेयर साहले उनलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए । बुधबार अपरान्ह चार बजेको समयमा मेयर साहले अधिकृत अधिकारीलाई दुई झापट लगाएका हुन् ।  

बुधबार पनि मैले आफ्नो कार्यकक्षमा बोलाएर हिसाब मागेको थिएँ । त्यही समयमा मेरो कार्यकक्षमा वडाध्यक्ष र सर्वसाधरण पनि थिए', मेयर साहले भने, 'हिसाब माग्दा उल्टै आलटाल गरेपछि बाध्य भएर हात छाडेको हुँ । लेखा अधिकृतले हिसाब नदिँदा गाउँको विकासका लागि आएको यो वर्षको बजेट नै कोलेनिकाले रोकिदिएको छ।' 

मेयर साहका अनुसार अधिकारीसँग पटक पटक लिखितरुपमा पनि हिसाब माग्दा उनले टेरेका थिएनन् । 'हिजो पनि हिसाब मागेको थिएँ तर उनले दिएनन्, पटक पटक माग्दा पनि हिसाब नदिएपछि तपाईँ आफैँ भन्नुस् मैले उनलाई के धुप अगरबत्ती देखाउनु ? उसको खुट्टामा ढोग्न जानु', मेयर साहले भने, 'अधिकारीले गम्भीर लापरबाही गरेपछि पटक पटक आग्रह गर्दा पनि उनले बेवास्ता गरेपछि चेतावनी दिएको हुँ ।'

केही महिनाअघि मात्रै यो नगरपालिकामा हाजिर भएका प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र लामगादे पनि मेयरको कार्यकक्षमा धकेलाधकेल भएको आफूले थाहा पाएको बताए । 
 
मेयर साहले आर्थिक वर्ष २०७४/०७५ को हरहिसाब कोलेनिकालाई नबुझाउँदा नयाँ अख्तियारी नदिएकाले जनप्रतिनिधिहरुलाई समस्या परेको बताए । 'अहिले पनि काममा समस्या परिरहेको छ', उनले भने, 'गत आर्थिक वर्षको बजेट ३३ करोड रुपैयाँ थियो । यो आर्थिक वर्ष २०७५/७६ को ४६ करोड बजेट आएको छ तर लेखा अधिकृतको लापरबाहीले निकासा भएको छैन ।'

उता लेखा अधिकृत अधिकारीले भने आफूले हिसाब मिलाउन काम गरिरहेको बताए । 'म काम गरिरहेको छु, जनशक्ति पनि कम छ, बारम्बार कोलेनिकाले ताकेता गरिरहेको छ', उनले भने, 'तीन चारदिनमा हिसाब दिने भन्दा भन्दै मेयरले मलाई दुई झापट हाने ।'

उनले यसबारेमा प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई जानकारी गराएको बताउँदै लिखित निवेदन दिएर अघि बढ्ने पनि जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.