प्रदेश ३ का १० जिल्लामा हीलस्टेशन निर्माण गरिँदै

प्रदेश ३ का १० जिल्लामा हीलस्टेशन निर्माण गरिँदै

मकवानपुर : प्रदेश सरकारले पर्यटन प्रवधर्नको लागि १० स्थानमा हील स्टेश निर्माण गर्ने भएको छ । प्रदेश ३ का १० जिल्लाका विभिन्न १० स्थानमा हील स्टेशनको तयारी भएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार होमस्टे शिलान्याशको क्रममा यस्तो हील स्टेशनबारे गुरुयोजना निर्माण भइरहेको बताएका हुन् । चालु आर्थिक वर्षभित्र दश जिल्लाका १० स्थानमा हील स्टेशन निर्माण गर्ने भएको हो । दोलखाको जिरी, रामेछापको शिवालय, नुवाकोटको ककनी, ललितपुरको कालेश्वर र धादिङको रुबी भ्यालीमा हील स्टेशन निर्माण गरिने बताइएको छ ।

यससँगै ‘घुम्न जाऔँ दामन’ वर्षको पनि औपचारिक सुरुवात गरिएको हो । बिहीबार ३९ औँ पर्यटन दिवसको सन्दर्भ पारेर थाहा नगरपालिका–११ मा औपचारिक रुपमा प्रदेश सरकारले प्रदेश पर्यटन गुरुयोजना निर्माण सुरु भएको भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेश तीनका अन्य चार मन्त्रीले संयुक्त रुपमा वृक्षरोपण गरेर बगैंचा निर्माणको पनि उद्घाटन गरे ।

मकवानपुरका सिमभञ्ज्याङ, दामान, बज्रबाराही, चित्लाङ र कुलेखानी क्षेत्रलाई समेटर गुरुयोजना निर्माण गरिने बताए । झिरघारीस्थित मैत्री बगैंचा निर्माणका लागि भीमफेदी गाउँपालिकाले २० लाख रुपैयाँ र प्रदेश सरकारले ४५ लाख रुपैयाँ चालु आर्थिक वर्षमा विनियोजन गरेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

यस्तै थाहा नगरापलिकास्थित कुन्छालको गोपाली गाउँमा होमस्टे सुरु भएको छ । सांस्कृति र ऐतिहासिक हिसाबले लोकप्रिय कुन्साललाई काठमाण्डौं नजिकको प्रमुख पर्यटन गन्तब्य बनाउने लक्ष्य सहित होमस्टे सुरु गरिएको मुख्यमन्त्री पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.