हेटौंडाको आम्दानी लक्ष्यभन्दा दश प्रतिशत बढी

हेटौंडाको आम्दानी लक्ष्यभन्दा दश प्रतिशत बढी

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले लक्ष्यभन्दा करिब दश प्रतिशत बढी आम्दानी गरेको छ। गत आर्थिक वर्ष २०७४-७५ मा एक अर्ब ३० करोड २१ लाख ७८ हजार आम्दानी अनुमान गरिएकोमा एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार आम्दानी भएको उपमहानरपालिकाले जनाएको छ।

गत आर्थिक वर्षमा कुल बजेटेको ८८ दशमलव ३९ प्रतिशत रकम खर्च भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख हरिबहादुर महतले बताए। आम्दानीमध्ये एक अर्ब १५ करोड ९३ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए। 

उपमहानगरपालिकाले यस अवधिमा चालूतर्फ ३१ करोड २० लाख दश हजार र पूँजिगततर्फ ८३ करोड ८९ लाख २४ हजार खर्च गरेको तथ्याङ्क छ। गत आर्थिक वर्ष २०७४÷७५ मा हेटौंडा उपमहानगरपालिकाले १७ करोड रुपैयाँ आन्तरिक आय गरेको थियो। यस वर्ष करिब २५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ।

चालू आर्थिक वर्षको लागि उपमहानरपालिकाले एक अर्ब ६३ करोड बिनियोजन गरेको छ। हेटौंडाको साविकको वडामा थपिएका अन्य वडाहरुको समान विकास अहिले चुनौतीको विषय रहेको नगर प्रमुख महतले बताए। 'साविकको ११ भन्दा बाहिर रहेका अन्य आठवटा वडाको समान विकासमा हामी केन्द्रित छौं', उनले भने। 

गत आर्थिक वर्षमा भौक्तिक योजनातर्फ छ सय ५२ योजना सुरु गरिएकोमा गत असार अन्तिमसम्म चार सय ६८ मात्र सम्पन्न भएको उपमहानगरपालिकाका सूचना अधिकारी डा. शंकर उपाध्यायले बताए।

यस अवधिमा सबैभन्दा बढी दुईसय ८४ वटा स्थानीय सडक, पुल तथा झोलुङ्गेपुल निर्माण सुरु गरिएकोमा आर्थिक वर्षको अन्तिमसम्म दुईसय २२ वटा सम्पन्न भएको उनले जानकारी दिए।

न्यायिक समितिमा न्यून मुद्धा
स्थानीय तहबाटै स्थानीय स्तरका विवाद समाधान गर्ने उदेश्यले सुरु गरिएको न्यायिक समितिबाट कमैमात्र नगरबासीले समाधान खोजेका छन्। गत आर्थिक वर्ष २०७४÷७५ मा जम्मा १९ वटा मुद्धा दर्ता भएको उपमहानगरपालिकाको तथ्याङ्क छ। 

तीमध्ये दुईवटा मुद्धा मात्र मिलापत्र भएको उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भिम तिमल्सिनाले बताए। 'अन्य दुईवटा मुद्धा अदालत पठाउने आदेश भएको छ, दशवटा मुद्धा तारेख छाडेकाले खारेज भएको छ भने दुईवटा मुद्धा मेलमिलालमा पठाउने आदेश भएको छु; उनले भने। साथै दुईवटा मुद्धा प्रक्रियामा रहेको र एकवटा मुद्धा कार्यपालिकामा गएको तिमल्सिनाले जानकारी दिए। 

एक हजार वर्ग फिटसम्मको नक्सा निशुल्क 

अन्य स्थानीय तहले चर्को राजश्व लिएको भन्दै आलोचना भइरहेका बेला हेटौंडा उपमहानगरपालिकाले भने एक हजार वर्ग फिटसम्मको भवन नक्सा निशुल्क उपलब्ध गराउने भएको छ।चालू आर्थिक वर्षको दुई महिनाको बीचमा करिब चारसय नक्सा बनाउन नगरबासीले निवेदन दिएको नगर प्रमुख महतले बताए। साथै यस अवधिमा हेटौंडाको सुमो काउण्ट व्यवस्थित गरी एकृकीत काउण्टर सञ्चाल र बजारको मुख्य राजमार्गमा ट्राफिक व्यवस्थापनको काम गरिएको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.