कञ्चनपुर प्रकरण झन् रहस्यमा : निलम्बित एसपी विष्टसहित तीनजनाकै डिएनए म्याच भएन

कञ्चनपुर प्रकरण झन् रहस्यमा : निलम्बित एसपी विष्टसहित तीनजनाकै डिएनए म्याच भएन

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए रिपोर्ट 'नेगेटिभ' देखिएको छ।

अनुसन्धानका क्रममा प्रहरीले निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डिएनए परीक्षण गरेको थियो। तीनैजनाको डिएनए म्याच नभएको प्रहरीको भनाई छ। तीनैजनाको रगत परीक्षण गर्ने क्रममा निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग म्याच नभएको हो।

कञ्चनपुर प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत कृष्णराज ओझाले तीनैजनाको डिएनए रिपोर्ट नेगेटिभ रहेको जानकारी दिए। ‘अनुसन्धानका क्रममा तीनैजनाको डिएनए परीक्षण गरिएको थियो’, उनले भने, ‘तीनैजनाको डिएनए म्याच भएन्।’ डिएनए रिपोर्ट शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो।

निलम्बित एसपी विष्टको काठमाडौंमा र अन्य २ जनाको रगतको नमूना भने कञ्चनपुर प्रहरीले संकलन गरेर प्रयोगशालामा पठाएको थियो।

यसअघि प्रहरीले मुख्य अभियुक्त बनाएका ४१ वर्षीय दिलीपसिंह विष्ट र अर्का युवक चक्रदेब बडुको समेत डिएनए परीक्षण गरेको थियो। उनीहरूको डिएनए समेत म्याच भएन। र, दिलिपसिंह विष्ट रिहा भएका थिए।

गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमा नजिक निम्बुखेडा खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

निर्मलाको बलात्कार र हत्या भएको ६७ दिन बितिसक्दा समेत अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। महेन्द्रनगरमा हत्यारा पत्ता लगाउन र उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पुनःआन्दोलन भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.