गृहमन्त्री भन्छन् : निर्मलाका हत्यारा समात्न सरकारको पुरै शक्ति

गृहमन्त्री भन्छन् : निर्मलाका हत्यारा समात्न सरकारको पुरै शक्ति

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई पक्राउ गर्न सरकारले पुरै शक्ति लगाएको बताएका छन् । 

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिँदै गृहमन्त्री थापाले देशमा हरेक दिन भइरहेका बलात्कारका घटनाले सरकार गम्भीर बनेको पनि जिकिर गरे । 

'देशमा प्रत्येक दिन बलत्कार हत्या भएका छन्', उनले भने, 'देशमै बलत्कार र हत्याका घटना भइरहँदा विदेशबाट पनि मानसिक सन्तुलन गुमाएर नेपाली चेलीहरु  आउन बाध्य भएका छन् ।'

दिनदिनै बलात्कार र हत्याका घटना भइरहँदा पनि रोक्न नसक्दा सरकारमाथि उठेका प्रश्न स्वभाविक रहेको थापाले बताए । 'किन यस्तो भइरहेको छ, किन हामी यसलाई रोक्न सकिरहेका छैनौँ भन्ने एउटा गम्भीर प्रश्न छ', उनले भने, 'यसलाई रोक्न सरकारले प्रयास गरिरहेको छ। यस्ता घटना रोक्न सरकारसँग भिजन, नीति र नेत्वत पनि हामी यस्ता घटनालाई रोक्छौँ ।'

समृद्ध रस सुखी नेपाल बनाउन यस्ता अपराध रोक्नै पर्ने थापाले बताए । 'यस्ता घटना रोक्नु हामी सबैको दायित्व हो', उनले भने, 'निर्मला हत्यादेखि यता विकसित घटनाले सरकार गम्भीर भएको छ । अनुसन्धान भइरहेकाले हत्यारा पता लगाउन सरकारले आफ्नो पुरै शक्ति लागएको छ।'

थापाले निर्मलाको बलत्कारपछि हत्या भएको घटना छानबिन गर्न गठित उच्चस्तरीय समितिले मंगलबार आफ्नो प्रतिवेन दिएको पनि सांसदहरुलाई जानकारी दिए । 

'सरकारले सुरुमा खटाएका छानविन समितिका सदस्यहरुको गम्भीर लापरबाहिका कारण हत्यारा समात्न सकिएन', उनले भने, 'छानबिनमा लापरबाही गर्नेलाई कारबाही गरिएको छ । पछिल्लो छानबिन समितिले आफ्नो कामलार्इ तीव्र बनाएको छ।' 

गृहमन्त्री थापाले हत्यारालाई छिटै पत्ता लगाइ कानुन बमोजिम कारवाही गर्न सरकार कटिबद्ध रहेको बताउँदै छानबिन समितिले पनि त्यही अनुसारको  रिपोर्ट दिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.