निर्मला हत्याका दोषीलाई कारबाही माग गर्दै ७७ जिल्लामै ‘टोकन स्ट्राइक’

निर्मला हत्याका दोषीलाई कारबाही माग गर्दै ७७ जिल्लामै ‘टोकन स्ट्राइक’

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका वास्तविक दोषीलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन दबाब दिँदै नेपाल महिला संघले असाेज ७ गते ७७ वटै जिल्लाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

घटनाको २ महिना पुग्नै लाग्दा समेत दोषीलाई पक्राउ गर्न नसकेकोमा दुख व्यक्त गर्दै महिला संघले भोलि ‘टोकन स्ट्राइक’को रुपमा ज्ञापनपत्र बुझाउन लागेको हो ।

‘टोकन स्ट्राइक’को रुपमा देशैभरिका जिल्ला प्रशासनमा विरोध र्‍याली गर्ने र प्रधानमन्त्रीको नाममा लेखिएको ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताइएको हो । पत्रकार सम्मेलनको क्रममा महिला संघ अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य उमा रेग्मीले निर्मला हत्याका वास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको बताइन् ।

रेग्मीले भनेकी छन्, ‘आज यत्तिका दिन भैसक्यो तर सरकारले निर्मला हत्याका वास्तविक दोषीलाई सार्वजनिक गर्न सकेको छैन । दोषी सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको छ । यो घट्ना यतिकै नष्ट हुने खतरा देखिएकोले हामीले भोलि आईतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा विरोध र्याली गर्ने र प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र लेखी जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय गरेका छौं ।’

साथै सरकारको नागरिकको जीउ धनको सुरक्षा गर्न नसकेको भन्दै नेपाल महिला संघले त्यसप्रति आपत्ति जनाएको छ ।

कञ्चनपुर घट्नामा प्रहरी प्रशासनको भूमिका र क्षमतामाथि नै ठूलो प्रश्न उठेको रेग्मीको आरोप छ । रेग्मीले भनिन्, ‘अब प्रहरीले राम्रो छबि बनाउनको लागि पनि वास्तविक अपराधीलाई पत्ता लगाई काुननी कठघरामा उभ्याउनुपर्छ ।’

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डपछि यो देशमा हरेक दिन प्रायः कुनै न कुनै बहानामा महिलामाथि बलात्कार, हत्याहिंसा, अराजकता, दण्डहिनता र आकाशिंदो मुल्यवृद्धिको कारण आम नेपालीको जनजीवन कष्टकर बन्न पुगेको छ। त्यसको ज्वलन्त उदाहरणका लागि आजका मितिसम्म सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कठघरामा उभ्याउन नसक्नु हो । नेपाल महिला संघ तुरुन्त वास्तविक दोषीलाई पत्ता लगाई कडा भन्दा कडा कारवाहीको जोडदार माग गर्दछ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.