२ सय ७० स्कुले नानीलाई धुर्मुस–सुन्तलीको पोशाक सहयोग

२ सय ७० स्कुले नानीलाई धुर्मुस–सुन्तलीको पोशाक सहयोग

बर्दिबास : महोत्तरीको गौशाला नगरपालिका–७ स्थित फुलहका मुसहर बस्तीका बालबालिकालाई हास्य कलाकार धुर्मुस–सुन्तलीले स्कुल पोशाक वितरण गरेका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत कलाकारद्धय ‘धुर्मुस–सुन्तली’ (सीताराम कट्टेल र कुन्जना घिमिरे)ले यसअघि आफैँले अभिभाकत्व ग्रहण गरेका बालबालिकालाई यसपटक स्कुल पोशाक वितरण गरेका हुन् ।

कलाकारद्धय कट्टेल र घिमिरेले मनहर्वा बस्तीका बालबालिका पढ्ने नेपाल राष्ट्रिय जनजाति आधार विद्यालयमा पुगेर यहाँ अध्ययनरत दुई सय ७० जनालाई पोशाक वितरण गरेका हुन् ।

गत बैशाख १३ गते शिक्षाबाट बञ्चित एक सय २५ बालबालिकालाई उनीहरुले नै स्कुल भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका थिए ।  विद्यालय भर्ना गर्ने क्रममा उनीहरुले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा झोला बाँडेका थिए ।
यस क्रममा संगम बुक्स पब्लिकेशनको पनि सहायता रहेको बताइएको छ । दैनिक माछा मारेरै समय गुजार्दै आएका मनहर्वा मुसहर बस्तीका बालबालिकालाई शिक्षामा प्ररित गर्न पोशाक वितरण गरिएको संगम बुक्स पब्लिकेशनका प्रबन्ध निर्देशक एस.पी. सापकोटाले जनाए ।

नेताहरुले अभिभावकत्व ग्रहण गरेका बालबालिका स्कुल पुगे नपुगेको बारेमा निगरानी नरहेकोमा कलाकार कट्टेलले चिन्ता व्यक्त गरे । ‘हामी आफ्नो सन्तान सम्झेर विद्यालय भर्ना गराएको र ती बच्चा भर्ना भएको बच्चा बारे निरन्तर खबरदारी गरिरहेका छौं,’ उनले भने, ‘हामी सरकारलाई सघाउन हिडेका छौँ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.