सरकारी वकिलको कार्यालय कञ्चनपुरमा नेविसंघको तोडफोड

सरकारी वकिलको कार्यालय कञ्चनपुरमा नेविसंघको तोडफोड

कञ्चनपुर : नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।

निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि आह्वान गरिएको जिल्ला बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गरेका जिल्ला सरकारी वकिल खेमराज भट्टले बताए । 

तोडफोडका क्रममा नेविसंघका कार्यकर्ताले कार्यालयमै चारजना कर्मचारीमाथि पनि हातपात गरेको जिल्ला न्यायाधीवक्ता भट्टले जानकारी दिए । 

साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरण अझै टुंगिन सकेको छैन । प्रहरीले नै प्रमाण मेट्ने काम गरेपछि घटना झन् रहस्यमय बन्दै गएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.