‘नेपाललाई फिजी र सिक्किमीकरण गर्न नागरिकता विधेयक’

‘नेपाललाई फिजी र सिक्किमीकरण गर्न नागरिकता विधेयक’

काठमाडौँः देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले नेपाललाई सिक्किमीकरण र फिजिकरण गर्ने भारतीय योजना सफल बनाउन सरकारले नागरिकता विधेयक ल्याएको आरोप लगाएका छन् । 

मोर्चाकै आयोजनामा आइतवार डिल्लीबजारमा भएको  नागरिकता विधेयक र राष्ट्रियताको सवालबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाललाई भारतमा बिलय गराउने योजना अनुसार केपी ओली नेतृत्वको सरकारले नागरिकता विधेयक ल्याएको बताएका हुन् । 

‘अहिलेको नागरिकता विधेयक मुलुकलााई सिक्किमीकरण र फिजीकरण गर्ने योजना अनुसार आएको हो’, उनले भने, ‘भारतको योजना अनुसार आएको नागरिकता विधेयक नेपालीका लागि सहन सकिने कुरा नै होइन ।’

भारतले नेपाललाई आफ्नो कब्जामा पार्नका लागि बनाएका मुख्य योजनामध्ये एउटा नागरिकता विधेयक पनि रहेको उनले बताए । 

‘नागरिकता विधेयकसँगै नेपाल टुक्राउने सिके राउतको तराई अभियान पनि एउटा हो । सीमा मिचेको कुरा पनि त्यही योजनामा पनि पर्छ’, उनले भने, ‘नागरिकता विधेयक जनसंख्या अतिक्रमण गरेर बहुमत पुर्‍याइ जनमत संग्रहबाट देश कब्जा गर्ने भारतीय योजना अनुसार नै आएको हो ।’

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्षसमेत रहेका गजुरेलले नेपाललाई सिक्किमको जस्तै अवस्थामा पुर्याएर कब्जा गर्न भारतले अनेक हथकण्डा गरिरहेको पनि सुनाए । ‘भारतले नेपाल कब्जा गर्ने रणनीति अनुसार जलश्रोत कब्जा गरिरहेको छ ।

कालापानी, सुस्ता, महेशपुरमा त्यही योजन अनुसार सीमा मिचिएको हो’, उनले अगाडि भने, ‘उसले आफ्नो योजना सफल बनाउन अहिले केपी ओली नेतृत्वको सरकारमार्फत् नागरिकता विधेयकलाई हतियार बनाएको छ ।’ 

यो अन्तरक्रिया कार्यक्रमम डा सरेन्द्र केसी, सीमाविद बुद्धिनरायाण श्रेष्ठ, अधिवक्ता कृष्ण बेलबासे, सीमाअभियन्ता रतन भण्डारी र भूगोलका प्राध्याापक अब्दुल सलामले पनि आफ्ना भनाइ राखेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.