झाडापखालामा ज्यान गुमाएका परिवारलाई एक लाख

झाडापखालामा ज्यान गुमाएका परिवारलाई एक लाख

बर्दिबास : झाडापखाला प्रभावित क्षेत्रमा प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत पुगेका छन्। मुख्यमन्त्री राउत महोत्तरीको जलेश्वर नगरपालिका-१२ नैन्हीमा फैलिएको झाडापखाल प्रभावित क्षेत्रमा पुगेका हुन्। झाडापखालाबाट ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने मुख्यमन्त्रीले बताएका छन्।

मुख्यमन्त्री राउतले ज्यान गुमाएका परिवारलाई एक/ एक लाख क्षतिपूर्ति दिइने घोषणा गरेका हुन्। झाडापखाला प्रभावित क्षेत्रको निरीक्षण गर्दै मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा सहयोग गर्ने स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीलाई धन्यवाद दिए। महामारी फैलिन नदिन उनले रणनीति तयार गर्न नगरपालिकालाई आग्रह समेत गरे।

'स्वच्छ खानेपानीको अभावमा झाडापाखाला फैलियो', मुख्यमन्त्रीले भने, 'स्वच्छ खानेपानी व्यवस्थाका लागि प्रदेश सरकारले छिट्टै चपाकल(ह्याण्ड पाइप) उपलब्ध गराउँछौं।' स्वच्छ खानेपानीका लागि पूरै गाउँलाई पुग्नेगरी ट्यांकी निर्माणको योजना बनाउन नगरपालिकालाई आग्रह गर्दै उनले आवश्यक सहयोग प्रदेश सरकार गर्न तैयार रहेको दावी गरे।

खानेपानी प्रदूषित भएपछि नैन्ही गाउँमा झाडापखाला फैलिएको थियो। झाडापखालाबाट दुईजनाको ज्यान गएको थियो भने ३ सय बढी बिरामी भएका थिए। झन्डैं दुई साता पछि झडापखाला नियन्त्रणमा आएको थियो। जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरका जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंले सार्वजनिक गरेको ल्याब रिपोर्टले प्रदूषित पानीका कारण गाउँभरी झाडापखालको प्रकोप फैलिएको हो।

'नैन्हीका स्थानीयले पिउने खानेपानीमा इकोलाई र कोलिफम नाम ब्याक्टेरिया भेटियो', जनस्वास्थ्य निरीक्षक ठाकुरले भने,' दिसामा पाइने ब्याक्टेरिया देखियो, जुन झाडापखालाको मुख्य कारक हो।'  प्रभावित क्षेत्र निरीक्षणका क्रममा जलेश्वर नपाको मेयर रामशंकर मिश्र, पूर्व मन्त्री हरिनारायण यादव, प्रदेशसभा सदस्य रानीशर्मा तिवारी, किरणकुमारी रायसहितको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.