डाँडाखेत सबस्टेसन निर्माण सुरु

डाँडाखेत सबस्टेसन निर्माण सुरु

बेनी : म्याग्दी र अन्य सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न विद्युत सबस्टेसन निर्माण सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा १३२/३३ केभी क्षमताको सबस्टेसन निर्माण सुरु गरेको हो। प्रारम्भिक चरणमा जग्गा सम्माउने, घेराउ गर्न पर्खाल लगाउने, कर्मचारी र कार्यालय भवन निर्माण सुरु गरेको डाँडाखेत राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए।

‘विपद्, अवरोध नभए ३ वर्षभित्र डाँडाखेत र राहुघाटमा सबस्टेशन तथा २५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यसहित वातावरणीय अध्ययन, नक्सांकन र लागत अनुमानको काम भइरहेको छ’, अग्रवालले भने। डाँडाखेतदेखि राहुघाटमा निर्माण हुने २२०÷१३२ केभी क्षमताको सबस्टेसनमा ल्याइने बिजुली कालीगण्डकी करिडार अन्तर्गत दाना–कुस्मा प्रसारण लाइनमा जोडिनेछ। पिप्लेको आस्वाङमा ९० रोपनी जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणको तयारी भएको छ।

मुआब्जा वितरण गर्न ३ करोड ९९ लाख रुपैयाँ बजेट आएको जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद पौडेलले बताए। डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण गरी करिब २ करोड रुपैयाँ मुआब्जा वितरण भइसकेको छ। सबस्टेसन र प्रसारण लाइनमार्फत् मालिका र धौलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदी र सहायक खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने बिजुली केन्द्रीय लाइनमा जोडिने मालिका ७ का वडाध्यक्ष रेशम जुक्जालीले बताए।

म्याग्दी करिडोरमा १६३ मेगावाट क्षमताका करिब १० जलविद्युत आयोजना निर्माण भइरहेका छन्। ५७.३ मेगावाटको म्याग्दीखोला, २० मेगावाटको कुनवान खोला, २५ मेगावाटको दरबाङ म्याग्दीखोला जविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता भइसकेको छ। म्याग्दी खोलामा अपर म्याग्दीखोला, तल्लो म्याग्दीखोलालगायत जलविद्युत आयोजना पनि निर्माणको चरणमा छन्। सबस्टेशन र प्रसारण लाइन निर्माण तयारीसँगै अनुमति लिएर बसेका प्रवद्र्धकले सक्रियता देखाएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.