मोटरसाइकल किन्न दसैंकाे पर्खाइ

मोटरसाइकल किन्न दसैंकाे पर्खाइ

काठमाडौंका पुष्कर भट्टराईले दुई साता अघि होन्डाको हर्नेट मोटरसाइकल खरिद गरे। आईटी इन्जिनियर भट्टराई असारमै मोटरसाइकल किन्ने तयारीमा थिए। दसैंमा मोटरसाइकल किन्दा सस्तोपर्ने भएकाले केही समय पर्खेको उनी बताउँछन्। यस्तै मकवानपुरका सविना कार्की स्कुटर किन्ने योजनामा छन्। उनी बैंककी कर्मचारी हुन्। आफूसँग भएको बचत र बैंकले दिने बनोसबाट स्कुटर किन्न खोजेको उनी बताउँछिन्। यी दुई त प्रतिनिधि पात्र हुन्। चाडपर्वको अवसरमा अटोमोबाइल्स कम्पनीले मोटरसाइकल खरिदमा छुट दिने भएकाले धेरै जस्तो ग्राहकले मोटरसाइकल खरिद गर्न दसैं कुर्ने गर्छन्। होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो दसैंतिहार ‘होन्ड ह्विल अफ फच्र्यिुन २’ ल्याएको छ। कम्पनीले उक्त योजना गत वर्ष पनि ल्याएको थियो। होन्डाका मिडिया एक्जुकेटिव निजेललाल श्रेष्ठले ग्राहकको उत्साहपूर्ण सहभागिता भएकाले यस वर्ष पनि सोही योजना ल्याइएको जानकारी दिए।

यस स्किमको समय अविधि भर होन्डाका ग्राहकले एक लाख रुपैयाँसम्म नगद उपहारका साथै अन्य सुविधा जित्ने अवसर प्राप्त गर्नेछन्।

यस योजनाअन्तर्गत ग्राहकले होन्डा मोटरसाइकलको खरिदमा स्क्रयाच कुपनमार्फत एक लाखसम्मको नगद छुट, पाँच वर्षका लागि स्पेयर पार्टस्मा १० प्रतिशत छुट तथा चार हजार पाँच सय रुपैयाँ बराबरको १० थप फ्री सर्भिस कुपन प्राप्त गर्नेछन्। साथै होन्डा बिग बाइक किन्दा आकर्षक नगद छुट् छ। श्रेष्ठका अनुसार होन्डाका हर्नेट र गार्जिया स्कुटरमा ग्राहकको आकर्षण भएको बताउँछन्।

आटोमोबाइल्स् एसोसिएसन अफ नेपाल (नाडा) का उपाध्यक्ष कृष्ण दुलाल दसैंको समयमा स्वाभाविकरूपमा सवारीको बिक्री बढ्ने बताउँछन्। ‘दसैंका लागि कार्यालयले कर्मचारीलाई भत्ता उपलब्ध गराउँछन्। अटोमोबाइल्स कम्पनीले दसैंका लागि विभिन्न अफर ल्याउँछन्’, उपाध्यक्ष दुलालले भने, ‘यो समयमा मोटरसाइकल किन्दा ग्राहकलाई सस्तो पर्छ। ग्राहकले पनि यही अवधिमा सवारी खरिद गर्न पैसाको जोहो गरेका हुन्छन्।’ यो समयमा ग्राहकले छुट र व्यवसायीले धेरै सवारी बिक्री गर्छन्।

टर्वो मोटर्स ट्रेडिङका आफटर सेल्स म्यानेजर सवल आचार्य चालु आर्थिक वर्षमा सरकारले अन्तःशुल्क वृद्धि गरेका हेभी मोटरसाइकलको बिक्रीमा गिरावट आएको बताउँछन्। ‘अन्तःशुल्क बढाएकाले मोटरसाइकल किन्ने योजनामा रहेका ग्राहकका सोचमा परिवर्तन आएको छ। बजेट अघिसम्म महिनाको चार वटासम्म मोटरसाइकल बिक्री हुन्थ्यो’, आचार्यले भने, ‘पछिल्लो समय उत्साजनक व्यापार छैन।’ दसैैं आउन लागेकाले मोटरसाइकल बिक्रीमा सुधार हुने उनको अपेक्षा छ। कम्पनीले दसैंका लागि भनेर कुनै विषेश अफर अघि नसारे पनि सदावहार ५० हजार रुपैयाँभन्दा माथिको नगद छुट दिइरहेको उनी बताउँछन्।

केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिका सेल्स एन्ड मार्केटिङ म्यानेजर साश्वत रिजाल दसैंमा मोटरसाइकलको उत्साजनक बिक्री हुने दाबी गर्छन्। कम्पनीले दसैंंमा मोटरसाइकल खरिद गर्ने ग्राहकका लागि स्क्याच कुपनमा पाँच हजारदेखि ५० हजार रुपैयाँसम्मको नगत छुट दिएको छ। साथै, लक्की ड्रबाट एक जनालाई एक लाख रुपैयाँ प्रदान गर्नेछ। तीन जना ग्राहकलाई थाइल्यान्डको चार रात तीन दिनको भ्रमणको पनि व्यवस्था गरेको छ। ‘अन्य समयको तुलनामा मोटरसाइकल खरिद गर्ने ग्राहकको संख्या धेरै हुन्छन्’, रिजालले भने, ‘यही अवधिमा २५ प्रतिशतभन्दा धेरै मोटरसाइकल बिक्री हुन्छ।’


चाडपर्वको अवसरमा अटोमोबाइल्स कम्पनीले मोटरसाइकल खरिदमा छुट दिने भएकाले धेरै जस्तो ग्राहकले मोटरसाइकल खरिद गर्न दसैं कुर्ने गर्छन्।

इको इन्फिनिटिभ प्रालिले विगत एक वर्षदेखि विद्युतीय स्कुटर नेपाली बजारमा बिक्री गरिरहेको छ। कम्पनीसँग नियो एन सिरिज र एम सिरिजका दुई मोडलका स्कुटर छन्। कम्पनीका सेल्स एक्ज्युकेटिभ मनिष ढुंगेल दसैंंको समयमा ५० वटाभन्दा धेरै स्कुटर बिक्री हुने बताउँछन्। ‘पछिल्लो समय मानिसमा विद्युतीय सवारीको मोह बढ्दो क्रममा छ। स्थापनको पहिलो वर्षमा एक सय ७० वटा स्कुटर बिक्री भयो’, ढुंगेलले भने, ‘यसले हामीलाई थप स्कुटर बिक्री हुने ऊर्जा प्रदान गरेको छ।’

कम्पनीले दसैंंमा ग्राहकलाई आकर्षित गर्न क्यास र स्क्रयाच अफर राखेको छ। क्यासमा ५ देखि २५ हजार रुपैयाँ र स्क्रयाच ५ देखि २५ हजार रुपैयाँसम्म भएको उनी बताउँछन्।

हंसराज हुलास चन्द एन्ड बजाज अटो मर्कोटिङ म्यानेजर पुनम सिंह दसैंंको समयमा स्वाभाविकरूपमा मोटरसाइकलको वृद्धि बढ्ने बताउँछिन्। बजाजले दसैंंतिहारकोे अवसरमा ग्राहकको पाकेट भर्न बजाज पाकेट फुल नामक योजना ल्याएको छ।

यो योजनामा बजाजको कुनै पनि मोटरसाइकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड प्राप्त हुने प्रावधान छ। यसको एउटा भागमा स्त्र्mयाच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेटफुल साप्ताहिक लक्की ड्र कुपन हुन्छ। स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नु हुनेछ। योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरी एक जना भाग्यशाली विजेताको घोषणा गरिनेछ। यसले पाकेटफुल कार्यक्रममा गई पाकेटफुल गर्ने मौका पाउनेछन्।

जग्दम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल अन्य समयको तुलनामा मोटरसाइकल खरिद गर्ने ग्राहकको संख्या धेरै हुने बताउँछन्। उनी भन्छन्, ‘हामीले टीभीएसको मोटरसाइकल बिक्री गर्न थालेको तीन वर्ष भयो’, अग्रवाल भन्छन्, ‘दसैंंको अवधिमा ३० प्रतिशतभन्दा धेरै मोटरसाइकल बिक्री भएका छन्।’ यस वर्ष अघिल्लो वर्षभन्दा धेरै मोटरसाइकल बिक्री हुने उनको दाबी छ। नाडा अटो सोको अवसर पारेर कम्पनीले टीभी एस अपाचे आरआर ३१०, एनटर्क र आरटीआर १६० फोभी बजारमा ल्याएको थियो। दसैंंमा यी मोटरसाइकल नै ग्राहकको रोजाइमा पर्ने उनी बताउँछन्।

सुजुकी दुइपांग्रे सवारीका लागि नेपालको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालीले चाडपर्वको अवसरपारेर सुजुकीका सोरुममा मेघा एक्सचेन्ज क्याप सञ्चालन ल्याउँदै छ। कम्पनीका मार्केटिङ म्यानेजर एनके शरदका अनुसार कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग नया सुजुकी का बाइक तथा स्कुटर सजिलै एक्सचेन्ज गर्न सकिने बताए। पुराना बाइक तथ स्कुटरको बजार प्रचलित भ्यालुएसभन्दा थप १५ हजार रुपैयाँ भ्यालुएसन कम्पनीले दिने उनी बताउँछन्। साथै कम्पनीको मोटरसाइकल खरिद गर्दा आठ हजार रुपैयाँ र स्कुटरमा १० हजार रुपैयाँ छुट छ। १० जना ग्राहकले बम्परमा जापान भ्रमण गर्न पाउनेछन्। शरदका अनुसार सुजुकीका जिक्सर, हायातीमा ग्राहकको आकर्षण रहेको बताए। दसैंंमा ४० प्रतिशतसम्म मोरसाइलक बिक्री गर्ने कम्पनीको लक्ष्य भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.