फूलपातीसहितको डोली हनुमानढोका पठाइँदै

फूलपातीसहितको डोली हनुमानढोका पठाइँदै

गोरखा :  गोरखा दरबारस्थित दसैघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौं पठाएका हुन् । 

डोलीलाई बा २० च ४३९४ नं को निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए । गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि मङ्गलबार साँझ हर्षबढाईका साथ फूलपाती भित्र्याउने प्रचलन छ । 

गोरखा दरबारको दशैं घरमा पनि साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि वर्षेनी गोरखाको दशैं घरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहदै आएको छ । 

गोरखा दरबारको दशैं घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याएका थिए । गोरखा दरबार हेरचाह अड्डाले गोरखा नगरपालिकाको सहयोग र गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लबको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो । 

दरबारस्थित दशैं घरबाट बाजागाजासहित सतिपिपल चौतारासम्म  र्याली निकालिएको थियो । यस्तै गोरखा धिमे पुच (नेवार समूह) का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सतिपिपलबाट युवाले मोटसाइकल -यालीसहित फूलपातीको डोली बोकेको गाडीलाई स्कटिङ गरी हनुमान ढोकामा फुलपाती पठाइएको हो । 

डोली काठमाडौं पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले हनुमान ढोकामा फूलपाती पठाउने प्रचलनमाथि प्रकाश पारका थिए  । 

उनीहरुले नेपाली संस्कृतिको संरक्षण र सवद्र्धनका लागि गोरखाको परम्परा उत्कृष्ट रहेको भन्दै संस्कृतिको जगेर्नाका गर्न आफूहरु प्रतिबद्ध रहेको  बताए । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.