दसैं नयाँ नोटको पर्व

दसैं नयाँ नोटको पर्व

दसैं भन्नेबित्तिकै नयाँ नोट सम्झिन्छ। दसैंमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ। दुुई दशकअघिसम्म सीमित व्यक्तिको पहुुँचमा रहेको नयाँ नोट साट्ने प्रक्रिया पछिल्लो समय सहज बन्दै गएको छ।

दसैंका लागि नयाँ नोट वितरण सुरु भइसकेको छ। वितरण सुरु भएसँगै ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौं’ भन्ने सूचना राष्ट्र बैंकले जारी गर्याे। साँच्चै राष्ट्र बैंकले जारी गरेको सूचनालाई कतिले व्यवहारमा उतारेका छौं ?

हामीमध्ये धेरैलाई नोटमा कोर्न र च्यात्न हुुन्न भन्ने थाहा नहुुन सक्छ। नोटलाई पानीमा भिजाउने, केरमेट गर्ने, गुुजुुल्टो पारेर राख्नाले नोटको आयुु छोटिन्छ। राष्ट्रिय सम्पत्तिको नोक्सान हुुन जान्छ। नोट छाप्नमात्र नभई जलाउन समेत खर्च हुुन्छ। औसतमा नोट छाप्न प्रतिगोटा दुुई रुपैयाँ खर्च हुुने राष्ट्र बैंकले बताएको छ।

नोटलाई नोक्सान हुुनबाट जोगाउन मुुलुुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २६३ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा लेख्न नहुुने व्यवस्था गरिएको छ। नोटमा कोर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना लाग्ने कानुुनी व्यवस्था छ। राष्ट्रिय सम्पत्ति नोक्सानी हुुनबाट जोगाउन मुुलुुकी ऐनमा यस्तो व्यवस्था गरिएको हो। नोट जति बढी सुुरक्षित राख्न सक्यो यसको आयुु उतिनै पनि बढ्दै जान्छ। नयाँ र सफा नोट ब्यागमा चट्ट मिलाएर राख्ने रहर सबैको हुुन्छ।

राष्ट्र बैंकले दसैंका लागि यस वर्ष प्रतिव्यक्ति २७ हजारसम्मका नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको छ। विभिन्न दरका एक÷एक थान साट्नुुपर्ने राष्ट्र बैंक मुुद्रा व्यवस्थापन विभागका प्रमुुख लक्ष्मीप्रपन्न निरौलाले बताए। ‘खुुद्रा साट्दा झन्झट हुुने र रकम पनि तलमाथि पर्न सक्ने भएकाले थानका हिसाबले नोट साट्ने व्यवस्था मिलाइएको हो’, उनले भने, ‘एक जना व्यक्तिले दसैंका लागि ५, १०, २०, ५० दरका दुुई थान र एक सय दरका एक थान नोट साट्न पाउनेछन्।’ एक थानमा एक सय नोट हुुन्छन्।

राष्ट्र बैंकले असोज २१ देखि २९ गतेसम्म आम सर्वसाधारणको नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। बैंक तथा वित्तीय संस्थाले भने असोज १२ गतेदेखि १९ गतेसम्म नयाँ नोट साटेका थिए।

नाेटको सुुरक्षा गर्नुुपर्छ भन्ने चेतना नहुुँदा नेपालमा कम समयमै नोट काम नलाग्ने अवस्थामा पुुग्छन्। सामान्यता पाँचदेखि एक सय दरका नोटको आयुु दुुई वर्षभन्दा बढी नहुुने र पाँच सय तथा हजार दरका नोट भने औसतमा साढे तीन वर्षसम्म टिक्छन्।

करिब ६३ अर्बको नयाँ नोट बजारमा पठाउने तयारीमा राष्ट्र बैंक जुुटेको छ। ‘दसैंमा करिब १३ अर्ब एक सयभन्दा कम दरका तथा ५० अर्ब बराबरका पाँच सय र हजार दरका नोट साटिने अनुुमान गरेका छौं’, निरौलाले भने, ‘यस वर्षदेखि नोट साट्न राष्ट्र बैंक धाउनुु पर्दैन।’

सर्वसाधारणको सहजताका लागि राष्ट्र बैंकले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका नोट कोष रहेका देशभरका शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। सर्वसाधारणले आफूलाई पायकपर्ने यी बैंकहरू नोट कोष शाखामा गएर नोट साट्न सक्नेछन्।

सर्वसाधारणलाई बिना झन्झट नयाँ नोट साट्न पहुुँच पुुर्याउन यस्तो व्यवस्था मिलाइएको निरौलाले बताए। गत वर्षकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिएको उनले जानकारी दिए। राष्ट्र बैंकका अनुुसार २० र ५० दरका नोटको माग बढी छ।

थापाथली बैंकिङ कार्यालयलगायत उपत्यका बाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्ने सुुविधा मिलाएको छ। यसका साथै नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका २१ शाखा कार्यालयबाट समेत नयाँ नोट साट्न सकिनेछ।

नोटको आयुु

अन्तर्राष्ट्रिय मापदण्डअनुुसार सामान्यतया कागजी नोटको आयुु चार वर्षको हुुन्छ। नोटको सुुरक्षा गर्नुुपर्छ भन्ने चेतना नहुुँदा नेपालमा त्यसभन्दा कम समयमै नोट काम नलाग्ने अवस्थामा पुुग्छन्। सामान्यता पाँचदेखि एक सय दरका नोटको आयुु दुुई वर्षभन्दा बढी नहुुने र पाँच सय तथा हजार दरका नोट भने औसतमा साढे तीन वर्षसम्म टिक्ने गरेको निरौलाले बताए।

नोटको सुुरक्षा गर्ने र नच्यातिने बनाउने अभिप्रायका साथ २०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको तस्बिर अंकित १० दरका पोलिमर (प्लास्टिक) नोट सरकारले प्रयोगमा ल्याएको थियो। तर, गुुणस्तरहीन छपाइले यस्ता नोट केही वर्षमै काम नलाग्ने भए। प्रयोग गरेको केही महिनामै खुुइलिने र प्लास्टिक भएको नोटको बिचमा प्वाल पर्ने समस्याले पोलिमर नोट नेपालबाट विस्थापन भयो।

नयाँ नोट साट्ने बैंकका शाखा

राष्ट्रिय वाणिज्य बैंकः सिंहदरबारप्लाजा, नयाँ बानेश्वर, टेकुु, विशाल बजार, सानोठिमी, नक्साल, कलंकी र बालाजुु शाखा।

नेपाल बैंकः न्युरोड, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुुर, लाजिम्पाट र भक्तपुुर शाखा

कृषि विकास बैंकः रत्नपार्क, रामशाहपथ, गौशाला, कोटेश्वर, मंगलबजार र स्वयम्भुु शाखा।

नोटको सुुरक्षा कसरी गर्ने

नोट नच्यात्ने, जल्न नदिने, पोको नपार्ने तथा नबटार्ने, मैला नगराउने तथा फोहोर हातले नसमाउने, पानीमा नभिजाउने, अविर लाग्न नदिने, भरसक नोटलाई नदोब्र्याउने तथा व्यागमा मिलाएर राख्ने।

यसरी गरिन्छ नोटको डिजाइन

नेपाल राष्ट्र बैंकमा गभर्नर, डेपूटी गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुुविज्ञ, चित्रकार सम्मिलित नोट डिजाइन समिति हुुन्छ। त्यसमा वन्यजन्तुु विज्ञले कुुन वन्यजन्तुुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुुन संस्कृतिलाई प्रवद्र्धन गर्ने भन्ने सुुझाव दिन्छन्। सबै पक्षको सुुझावको आधारमा नोटमा कस्ता चित्र, नम्बर समावेश गर्ने भन्ने निर्णय हुुन्छ। यसपछि राष्ट्र बैंकमा नोटको डिजाइन गरिन्छ र राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराइन्छ। राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराएपछि मन्त्रिपरिषद्मा नोटको डिजाइन र डिनोमिनेसन स्वीकृतिका लागि पेस गरेपछि नोट छाप्न पठाइन्छ।

यसकारण राखिन्छ, सुुरक्षा चिह्न

नोटमा प्रशस्त मात्रामा सुुरक्षा चिह्न (सेक्युुरिटी फिचर) राखिएको हुुन्छ। नोटमा सामान्य आँखाले नदेखिने ‘सेक्युुरिटी फिचरहरू’ प्रशस्त मात्रामा राखिएको हुुन्छ। नक्कली नोट बजारमा आउन नसकोस् अर्थात सक्कली र नक्कली नोट सहजै छुुट्याउन सकियोस् भन्ने अभिप्रायले यस्ता सुुरक्षा चिह्न राखिएको हो।

नोटमा ‘एनआरबी’ लेखिएको सेक्युुरिटी थ्रेड (एक प्रकारको धागो) राखिएको हुुन्छ। नोट प्रिन्ट गर्दा नै यो धागोको केही भाग नोटबाहिरै देखिने गरी मिलाइन्छ। भने केही भाग नोटभित्र लुुकेको हुुन्छ।

च्यातिएका नोट के गर्ने ?

राष्ट्र बैंकले झुुत्रो मुुद्रालाई खिच्ने, नष्ट गर्ने वा अन्य नोटसँग सटही गरिदिन सक्नेगरी ऐनको दफा ५७ मा व्यवस्था गरिएको छ। कानुुनी व्यवस्था अनुुसार नेपालभित्र चलनचल्तीमा रहेका नोट शोधभर्ना दिने गरी खिच्न वा फिर्ता लिन सक्छ। त्यसरी खिचेका नोट तथा त्रुुटियुुक्त मुुद्रा तोकिएबमोजिम धुुल्याउने, काट्ने, फुुटाउने वा अन्य कुुनै पनि किसिमले नष्ट गर्न सक्छ। डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही गर्न इन्कार गर्न सक्नेछ।

नोट छापिएर विभिन्न माध्यमबाट बजारमा गएपछि पुुनः त्यो नोट राष्ट्र बैंकमै फर्कन्छ। केरमेट भएका, च्यातिएका, आगोले खाएका पुुराना नोटहरू राष्ट्र बैंकले खिची त्यसको सट्टामा नयाँ नोट बजारमा पठाउँछ।

बुुटवलकी बिना केसीलाई सानैदेखि ब्यागमा नोट मिलाएर राख्ने बानी छ। पुुराना नोट त सम्हालेर राख्ने उनी अझ नयाँ नोट हातमा परेपछि मास्ने होइन कसरी अझ थप्ने भन्ने धुुनमा उनी हुुन्छिन्। उनको यो बानी विद्यालय पढ्दादेखि नै हो। पेसाले प्रहरी अधिकृत उनमा नोट जतन गर्ने बानी अझसम्म गएको छैन। उनकी साथी मिना श्रेष्ठका अनुुसार उनको यहीँ पैसालाई माया गर्ने बानीका कारण अहिलेसम्म कहिले दुुःख नभएको बताउँछन्। नोटलाई मिलाएर राख्दा लक्ष्मी माता पनि खुुसी हुुने जनविश्वास पनि रहिआएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.