दसैंमा व्यस्त व्यापारी, मस्त ग्राहक

दसैंमा व्यस्त व्यापारी, मस्त ग्राहक

भृकुुटीमण्डपको ‘हङकङ बजार’ का व्यापारी दसैंको सिजनमा राती पनि पसल बन्द गर्दैनन्। गत महिनासम्म उनीहरू दैनिकरूपमा बिहान पसलमा सामान झुुण्ड्याउने र साँझ ठूलो बोरामा पोको पारेर गोदाममा थन्क्याउने गर्थे। तर, अहिले दसैं नजिकिँदै गर्दा पसलमा पनि व्यापार बढ्न थालेपछि उनीहरूले पसल बन्द गर्न छोडेका हुुन्।

सामान्य दिनमा साँझ ६ बजे नै पसल बन्द गर्ने गरेका उनीहरूको पसलमा अहिले बेलुुका ९ बजेसम्म पनि ग्राहक आइरहन्छन्। कुुर्ता सुरुवालको व्यापार गरिरहेका सुुजन पाण्डे भन्छन्, ‘अहिले त बेलुुका १० बजे खाना खाएर पसलमै सुुतिन्छ। यतै खाने बस्ने गर्न थालेपछि थकाइ त लाग्छ। तैपनि बिहान बेलुका पसल लगाउने र उठाउने चटारोबाट मुुक्ति पाइएको छ।’

सुजन मात्रै होइन, भृकुटीमण्डपका अधिकांश व्यापारीको दैनिकी यसरी नै बित्ने गरेको छ। चाड पर्व नजिकिएसँगै व्यापारी र ग्राहकको व्यस्तता पनि बढिरहेको छ। उनीहरू पनि सकेसम्म कसरी सजिलो तरिकाबाट सामान खरिद गर्ने भन्ने सोचाइमा छन्। यस्तै मध्यकी एक हुन रविना श्रेष्ठ। पेसाले उनी बैंकर हुन्।

साताको एक दिनबाहेक अन्य समय उनको बैंकमै बित्छ। कहिलेकाहीँ त बिदाको दिन पनि केही समय कार्यालयकै काममा दिनुपर्छ। सधैंजसो काममा व्यस्त रहने भएकाले दैनिक उपभोग्यदेखि लत्ताकपडा किन्नसमेत समय मिलाउन कठिन हुन्छ। एक दिन बिदामा परिवारलाई पनि समय दिनुपर्याे, समय निकालेर सपिङ पनि। पसलपसल चहारी किनमेल गर्न असम्भव छ। छोटो समयमा धेरै समान किन्न रविनाका लागि एकमात्र विकल्प बनेको छ, सहरका चोकचोकमा खुलेका सपिङ मल।

एउटै छानामुनि हरेक प्रकारका सामान पाइने भएपछि यस्ता मलमा सामान किन्नेको भीड दिन प्रतिदिन बढिरहेको छ। थोरै समयमै आफ्नो इच्छाअनुसार रोजीरोजी धेरै सामान किन्न पाइनु, निश्चित मूल्य तोकिएका कारण धेरै बार्गेनिङ गर्नु नपर्नेलगायत कारण मलमा ग्राहकको आकर्षण बढिरहेको सञ्चालक बताउँछन्।

‘किचनको सामानदेखि कोठामा सजाउने फर्निचर, दराज र खाद्यान्नसम्मका सामान मलमा पाइन्छन्। सोझा ग्राहकले सामानको मूल्यमा बार्गेनिङ नगरी पैसा तिर्न पाइन्छ। मलाई सपिङ मलले आकर्षण गर्नुको मुख्य कारण यही हो’, रविना भन्छिन्, ‘तर, मलको नाममा पछिल्ला दिनमा विकृति पनि बढिरहेका छन्। यसलाई व्यवस्थापनले सुधार्नु जरुरी छ।’

मलमा सपिङ क्रेज बढ्दै गएको छ। सपिङ पारखीहरूको वर्षभरिनै मलमा भीड लाग्ने गर्छ। बढी किनमेल हुने तीज, दसैंतिहारलगायत चाडर्वमा ग्राहकको घुइँचो नै लाग्ने गर्छ। चल्तीका भाटभटेनी, काठमाडौं मल, सिभिल मल, सीटीसी सेन्टर, आरबी कम्प्लेक्स, स्टार मल, ब्लुबर्ड मल, युनाइटेड वल्र्ड टे«ड सेन्टरलगायत सपिङ मलमा विशेष भीड लागेको देखिन्छ।

नक्सालस्थित भाटभटेनी सुपर मार्केटका अपरेशन निर्देशक पानु पौडेलले दसैंलगायत चाड पर्वमा अन्य दिनको तुलनामा चहलपहल बढ्ने बताए। विशेषगरी घटनास्थापनाको दिनदेखि यस्तो चहलपहल धेरै बढ्ने उनले बताए।

मलमा सपिङ क्रेज बढ्दै गएको छ। सपिङ पारखीहरूको वर्षभरिनै मलमा भीड लाग्ने गर्छ।

नेपालमा सपिङ सेन्टर खुलेको दशकभन्दा धेरै भइसकेको छ। एक दशकअघि राजधानी काठमाडौंमा केन्द्रित भएर फाट्टफुट्ट मात्र सपिङ मल खुलेका थिए। अहिले राजधानीबाहिरका मुख्य सहरमा धमाधम मल खुलिरहेका छन्। राजधानीमा खुलेका कतिपयले चेन विस्तार गरिरहेका छन्। नेपालमा सपिङ सेन्टरको पायोनियर मानिने भाटभटेनीका मुलुकभर दर्जनभन्दा बढी शाखा विस्तार भइसकेका छन्।

यस्ता मलमा बालकदेखि वृद्धवृद्धासम्मको क्रेज देखिन्छ। खासगरी सपिङ पारखी युवाको क्रेज अलि बढी देखिन्छ। काठमाडौं मलमा जिन्स पाइन्ट र टिसर्टको व्यापार गर्दै आएका सुनिल भण्डारी भन्छन्, ‘हामीले तथ्यांक नै त निकालेका छैनौं। तर मेरो पसलमा आउने ग्राहकमध्ये ५० प्रतिशतभन्दा बढी युवा समूहका हुन्छन्।’

सजिलो अनलाइन सपिङ

समुद्र श्रेष्ठ स्नातक तेस्रो वर्षका विद्यार्थी हुन्। उनी बिहान कलेज जान्छन्। दिउँसो भने आफैले खोलेको अनलाइन सपिङबाट ग्राहकको घरसम्म सामान पु¥याउने र उनीहरूसँग डिल गर्दैमा दिन बित्छ। आफू एक्लैले मात्र नभ्याएर उनले मासिक १५ हजार दिएर एक जना कर्मचारी पनि राखेका छन्।

हेर्दा सामान्यजस्तो लागे पनि अनलाइन सपिङ अहिले सञ्चालकका लागि आम्दानीको र ग्राहकका लागि झन्झटबाट मुक्ति पाउने गतिलो उपाय बनेको छ। सपिङ मलमा आकर्षण बढेसँगै अनलाइनबाट सपिङ गर्नेको संख्या पनि पछिल्ला दिनमा बढ्दै गएको छ। अनलाइनमा फेसबुक पेज खोलेर सम्पर्कका लागि आफैले बोक्ने मोबाइल नम्बरकै भरमा अनलाइनमार्फत दैनिक लाखौंको व्यापार हुने गरेका छन्। लाखौंको व्यापारबाट दैनिक हजारौं रुपैयाँ नाफा यसका सञ्चालकले लिने गरेका छन्।

ग्राहकसँग मेसेन्जरमा गफ गरेकै भरमा आफूले दैनिक तीन हजारदेखि ४० हजार रुपैयाँसम्मको व्यापार गरिरहेको समुद्र बताउँछन्। यस्ता व्यापारबाट दैनिक तीन हजारदेखि १० हजार रुपैयाँसम्म नाफा कमाउन सकिने उनको अनुभव छ।

‘नाफा कति कमाउने भन्ने कुरा तपाईंले कतिको व्यापार गर्नुभयो भन्नेमा भर पर्छ। तर सामान्य सामानमा कुल मूल्यको १५ प्रतिशतदेखि ३० प्रतिशतसम्म नाफा हुन्छ’, समुद्र भन्छन्, ‘सामानको गोदामका रूपमा प्रयोग गरिएको कोठाको भाडा तिर्नुपर्ने भए पनि महँगामहँगा सटरमा प्रदर्शन गरेर राख्नु नपर्ने भएकाले अनलाइन सपिङ अरु अन्यत्र गएर सामान किन्नुभन्दा सस्तो पर्छ।’

अनलाइन सपिङमा ग्राहकले फेसबुक पेजमार्फत आफूलाई मन लागेको सामान मेसेन्जर वा त्यहाँ राखिएको टेलिफोन नम्बरमार्फत सम्पर्क गरेर सम्बन्धित व्यक्तिसँग अर्डर गर्नुपर्ने हुन्छ। यसरी अर्डर गरेपछि ग्राहकको ठेगानामा सम्बन्धित व्यवसायी सामान लिएर ग्राहक कहाँ आइपुग्छन्। ग्राहकले फेसबुक पेजमा लाइक गरेअनुसारको सामान नपाएमा सामान किन्दिन भन्न पनि पाउँछन्।

अन्य पसलमा सामान किन्दा थोरै मूल्यका सामानलाई पनि चर्को मूल्य भन्ने र अत्यधिक छुट गराएर बिक्री गरे पनि सामानको वास्तविक मूल्यमा ४०÷५० प्रतिशतसम्म नाफा हुने गर्छ। यस्तो अवस्थामा बार्गेनिङ गर्न नसक्ने ग्राहकले चर्को मूल्य तिर्नुपर्ने हुन्छ। अनलाइन सपिङमा सबै प्रकारका ग्राहकलाई एकै प्रकारको मूल्य राखिन्छ।

‘तर, सामानको प्रकृतिअनुसार ग्राहकले अर्डर गरेको सामान किन्न नचाहेमा डेलिभरी चार्जबापत ५० देखि सय रुपैयाँ रकम तिर्नुपर्छ’, समुद्र भन्छन्, ‘यो रकम हामीले सामान ल्याउँदा र लैजाँदा लाग्ने बस भाडाका लागि मात्र हो।’ अनलाइन सपिङको आकर्षक पक्ष भनेको यसमा सामानको मूल्यमा बार्गेनिङ गर्ने झन्झटबाट मुक्ति पाउनु हो।

फेसबुक पेजमा डिस्प्ले गरिएका सामानसँगै मूल्य पनि लेखिएको हुन्छ। ग्राहकले सामान मन परेमा त्यहाँ लेखिएको मूल्य पूरै तिर्नुपर्छ। यसमा कुनै छुटको व्यवस्था गरिँदैन। केही अनलाइन सपिङ व्यवसायीले निश्चित समय तोकेर सामान साट्न पाउने व्यवस्था पनि गरेका हुन्छन्। तर पैसा भने फिर्ता पाँइदैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.