दसैंमा वाह ! ग्याजेट

दसैंमा वाह ! ग्याजेट

ग्याजेटसँग युवा पुस्ताको लगाव बढी हुन्छ। नयाँ प्रविधि र आविस्कारसँग खेल्न रुचाउने युवा पुस्ताले नै ग्याजेटलाई ‘ग्याजेट’ का रुपमा चिनाएका छन्। आजको चलायमान पुस्ताका हरेक पाइलामा जोडिएको ग्याजेटलाई एक अर्कोबाट छुट्याउनै सकिँदैन। छुट्याउने कल्पना गर्नुस त ! कतै एक्लै लडिरहेको निरिह व्यक्तिजस्तो लाग्छ।

आजको पुस्ता त्यहीँबाट हुर्किएको छ। जन्मनेबित्तिकै मोबाइलसँग उसको पहिलो नाता गासिन्छ। मोबाइल खेलेर हुर्किएको त्यहीँ बालकको कल्पना गरौं त, केही समयपछि उ कानमा हेडफोन हालेर आफै गित गुनगुनाउँदै हिड्छ। सेल्फी फोटो खिच्न सेल्फी स्टिक खोज्छ। त्यसपछि उसका आवश्यकता थपिँदै जान्छन्। थपिएका आवश्यकता पूरा गर्ने उसको विकल्प पनि त्यहीँ ग्याजेट हो। त्यसैले एउटा व्यक्तिसँग मोबाइल, स्मार्टवाच, भीआर, ट्याब, ल्यापटप, ब्लुटुथ डिभाइसलगायत दर्जनौं उपकरण हुन्छन्। ‘ग्याजेट शब्द सुन्नेबित्तिकै मिठो आभाष हुन्छ, वाह.....’, ग्याजेटप्रेमी समृद्ध न्यौपाने भन्छन्, ‘आफू त त्यसैसँग खेल्दै हुर्किएको मान्छे।’ उनलाई भेट्दा उनको साथमा चारवटा उपकरण थिए। उनी खल्तीमा मोबाइल बोकेर कानमा हेडफोन लगाएर गितमा मस्त थिए। हातको नाडीमा स्मार्टवाच थियो। जसले उनका हरेक कुरालाई निहालिरहेको हुन्छ्। भन्छन्, ‘यो वाच लगाएदेखि मेरो शरीरमा यति क्यालोरी छ, सबै कुराको तालमेल मिलेको छ।’ उनको ब्यागमा एउटा ल्यापटप पनि थियो। अझ भन्छन्, ‘घरमा उनको कोठा यस्तै यस्तै चिजले भरिएको छ।’

‘दसैं लाग्यो अब फेरि एउटा मोबाइल किन्ने योजना छ’, न्यौपाने भन्छन्, ‘एक वर्षअघि किनेको हुवावेको नोभा टूआई बेचेरे हुवावेकै नोभा थ्री किन्न बुबालाई कर गरिरहेको छु।’ दसैंमा बरु मलाईको कपडा चाहिँदैन म नयाँ÷नयाँ ग्याजेटसँग खेल्न रुचाउँछु’, उनी भन्छन्। उनीजस्ता घेरै दसैंंमा कपडा हैन ग्याजेट किनेर त्यसमै भुल्ने छन्। कुनै समय थियो जतिबेला दसैंंमा नयाँ लुगा लगाएर अरुको हातबाट टीका थाप्ने। तर, त्यो समयमा परिवर्तन भएको छ। अहिले मान्छे दसैंंको समयमा कतै धुम्न जाने अथवा अन्य कुनै कुरमा लगानी गर्ने शंकर आचार्य मोबाइल प्रालिका बिजनेस हेड भुपाल क्षेत्री। उनी भन्छन्, ‘जो घुम्न जाँदैन, उसले प्राय लगानी गर्ने भनेको ग्याजेटमै हो। त्यसमा ८० प्रतिशत युवा पुस्ता छन्।’ जसको प्रतिफल दसैंको समयमा यो क्षेत्रको व्यापारले छलाङ मार्ने गरेको छ। सामान्य अवस्थामा भन्दा दसैंंको सयमा मोबाइललगायत ग्याजेटको व्यापारमा पाँच गुणले वृद्धि हुने गरेको क्षेत्री बताउँछन्। ‘वर्षमा १२ महिना त हाम्रा लागि स्वभाविक नै हो। तर, मोबाइल बजारका लागि भने वर्षमा १७ महिना हुन्छ’, उनी भन्छन्, ‘यो एक महिनाको अवधिमा थप पाँच महिनाको व्यापार हुन्छ।’

यसको प्रमुख कारण कम्पनीले ल्याउने विभिन्न योजना हुन्। दसैंतिहार सुरु हुनभन्दा एक महिना अघिबाट नै मोबाइललगायत ग्याजेट कम्पनीले बजारमा ग्राहक लक्षित योजना ल्याउने गरेका छन्। कतिले खरिदमा छुट दिन्छन् भने, कतिपय कम्पनीले मोबाइलको खरिदमा ग्राहकलाई आकर्षण उपहार प्रदान गर्ने गरेका छन्। त्यसैले त, मोबाइल व्यवसायी यो समय भनेको ग्राहकको समय हो भन्छन्। ‘यो समय ग्राहकको हो। कम्पनीले ग्राहक लक्षित योजना ल्याएका हुन्छन्’, हुवावे नेपालकी मार्केटिङ प्रमुख प्रनिशा श्रेष्ठ भन्छिन्, ‘दसैंंको समय भनेको खर्च गर्ने समय हो। एक्स्ट्रा कमाई भएको यो समयमा मान्छेले मन खोलेर खर्च गर्छ। यस्तो बेलामा कम्पनीले पनि नयाँ÷नयाँ उत्पादन बजारमा ल्याएका हुन्छन्। ता कि ग्राहकले राम्रो उत्पादन खरिद गर्न सकुन्। कतिपय ग्राहक एक महिना अघिबाट दसैंमा कम्पनीले योजना ल्याउँछ र त्यहीँ बेलामा सामान खरिद गर्ने भनी बसेका हुन्छन्।

दसैंमा मोबाइललगायत ग्याजेटको व्यापार पाँच गुणाले वृद्धि हुन्छ। यसको प्रमुख कारण कम्पनीले ल्याउने विभिन्न योजना हुन्। दसैंतिहार सुरु हुनुभन्दा एक महिना अघिबाट कम्पनीले बजारमा ग्राहक लक्षित योजना ल्याउने गरेका छन्।

सामसुङ नेपाल ह्यान्ड ह्यान्डलिङ प्रोडक्ट विभागका विभागीय प्रमुख प्रणयरत्न स्थापितका अनुसार मानिसले पैसा खर्च गर्ने समयको रूपमा दसैंलाई लिएका छन्। ‘नेपाली बजार ग्याजेटका लािग एउटा बढ्दो बजार हो’, उनी भन्छन्, ‘नयाँ प्रविधि र सुविधाले परिवर्तित जीवनमा मानिसले ग्याजेटबाट धेरै अपेक्षा गरेको हुन्छ। सामसङले पनि यो समयमा नयाँ÷नयाँ मोबाइल, वेयरेबल डिभाइस ल्याएको छ। सामान्यतय ग्याजेट खरिद गर्न दसैंं नै कुर्नुपर्ने छैन। प्रविधिमा आउने परिवर्तनले ग्राहक ग्याजेटमा घुलमिल भइरहेका हुन्छन्। ‘दसैं एउटा स्पेसल समय भएकाले यस समयमा ग्राहकले ग्याजेट किन्ने र आफूलाई मन पर्ने मान्छेलाई उपहार दिने प्रचलन पनि छ’, उनी भन्छन्।

रोजगारका लागि बिदेसिएका मानिस पनि घर फर्कने भएकाले यो समयमा बढीभन्दा बढी आर्थिक कारोबार हुन्छ। दसैंतिहारको अवधिमा मोबाइलमात्र नभएर गाडी, लत्ताकपडाका साथै खाद्यान्नको व्यापारमा समेत यस्तो अवस्था सिर्जना हुने गरेको छ। ‘त्यसैले यो आर्थिक कारोबार चुलिने अवधि पनि हो’, प्यारामाउन्ट इलेक्ट्रोनिक्सका नेसनल सेल्स म्यानेजर राजकिरण शर्मा भन्छन्, ‘यो समयले एक वर्षमा नेपालमा हुने कुल मोबाइल व्यापारको एकतिहाई ओगट्ने गरेको छ। दसैंतिहार मोबाइल व्यापारीको लागि अर्काे दसैं हो।’ कम्पनीले प्रतिस्पर्धात्मक रूपमा दसैंतिहारको समयमा आफ्नो योजना सर्वजानिक गर्नाले पनि मोवाइल तथा मोवाइल ग्याजेटको व्यापारलाई माथि उठ्न मद्धत पुगेको सन मोबाइल कोटेश्वरका सञ्चालक सुरेश बानिय बताउँछन्। उनका अनुसार दसैंको समय पसलमा मानिसको हुल थेग्न नसकिने हुन्छ। यो समय मोबाइल तथा ग्याजेटको व्यापार सामान्य अवस्थाको तुलनामा तेब्बर बढी हुन्छ।

मोबाइलमा दसैं अफर

हुवावे: हुवावेले यो वर्षको दसैंतिहारलाई लक्ष्य गरी उपहार योजना ल्याएको छ। कम्पनीले हुवावे ब्रान्डका जुनसुकै मोबाइलको खरिदमा ग्राहकलाई हरेक घण्टा उपहार प्रदान गर्दै आएको छ। ग्राहकले हुवावेको मोबाइल खरिद गर्दा कम्पनीले तोकेको प्रक्रिया पूरा गरी उक्त लक्की ड्रमा सहभागिता जनाउन सक्नेछन्। त्यसमध्यबाट हरेक दिन १० जना ग्राहकलाई विभिन्न उपहार प्रदान गरिनेछ। उक्त लक्की ड्र हरेक घण्टा सञ्चालन हुनेछ। कम्पनीका अनुसार उपहारमा ग्राहकले हुवावेका प्रिमियम मोडलका स्मार्टफोनका साथै विभिन्न ग्याजेट प्राप्त गर्नेछन्।

सामसङ : सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैंको अवसरमा तोकिएका सामसङ स्मार्टफोनको खरिदमा ग्राहकलाई आकर्षक क्यास ब्याक अफर ल्याएको छ। ‘सामसङको दसैंं अफर’ नाम दिइएको उक्त योजनामा ग्राहकलाई उपहारस्वरूप क्यास ब्याक दिइएको हो। उक्त योजनालाई बढी आकर्षक बनाउन कुनै पनि स्मार्टफोन ट्याबलेट खरिद गर्ने ग्राहकमध्येबाट हरेक हप्ता (लगातार चार हप्तासम्म), दुई जना विजेताले सिंगापुरको स्टार क्रुजमा जलयात्रा गर्न पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.