दसैंमा रंग सान्दर्य

दसैंमा रंग सान्दर्य

सौन्दर्य मोहकै कारण घरको भित्ता र कोठा रंगले सिँगार्ने चलन बढेको छ। उत्साह र खुुसी दिने खालका हलुुका पेन्ट्सले घर रंग्याउने प्रचलन छ।

रंगले आफ्नै स्वभावअनुुसार असर छोड्ने भएका कारण पनि यसले मान्छेको चिन्तन र दृष्टिकोणमा प्रभावपार्ने जानकार बताउँछन्। त्यसैले, उपभोक्ताहरू रंग छान्दा विशेष सचेतता अपनाउन थालेका छन्। ज्यास्मिन पेन्ट्सका कार्यकारी निर्देशक लक्ष्मण अर्यालले पेन्ट्सका लागि दसैंतिहार नै प्रमुुख बजार रहेको बताए। वर्षभरमा दसैंतिहारको करिब दुुई महिनाको समयमा ४० प्रतिशतको कारोबार हुुने गरेको उनी बताउँछन्। ‘पहिला घर रंग्याउन दसैंतिहार वा विवाह व्रतबन्धजस्ता उत्सव पर्खिनुुपथ्र्यो’, उनले भने, ‘अहिले नयाँ घर निर्माण गर्दा अनिवार्य र पुुराना घरलाई पनि आकर्षक एवं बलियो बनाउन रङ लगाउने प्रचलन बढ्दै गएको छ।’

नेपालमा कमेरो र रातोमाटोले घर रंग्याउने चलनलाई चुुना र ह्वाइट सिमेन्ट पेन्ट्सले विस्थापन गरेका छन्। आधुुनिक रसायन मि िश्रत इमल्सन र डिस्टेम्पर आएपछि चुुना र ह्वाइट सिमेन्ट पेन्ट्स पनि हराइसकेका छन्। लाहुुरेहरूले विदेशमा देखेको घर रंग्याउने कलालाई गाउँ फर्केर अभ्यासमा उतारेपछि रंगको चलन बसेको मानिन्छ। २०४६ सालपछिको खुुलापनले आधुुनिक घर निर्माणसँगै किसिम–किसिमका रंगको चलन पनि विस्तार ग¥यो। सरकारले सन् १९९८ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर घर–होटललाई रंगीचंगी बनाउन थालेपछि रंगको कारोबार ह्वात्तै बढेको व्यवसायी बताउँछन्। यसरी घर रंग्याउन दसैंतिहार पर्खने चलन फेरिएर जुुनसुुकै बेला रंग लगाउनेमा स्थिति बसेको छ।

२०३९ सालमा देशको पहिलो पेन्ट्स उद्योगका रूपमा पशुुपति पेन्ट्स खुुलेको नेपालमा अहिले सानादेखि बहुुराष्ट्रियसम्मका साढे दुुई दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन्। एउटा कम्पनीले जुुन उत्पादन गर्छ, त्यही रंग लगाउने जमाना अब छैन। उद्योगको संख्यासँगै पेन्ट्समा विविधता र छनोटको विकल्प फराकिलो भएको व्यवसायी बताउँछन्। उपभोक्ताले जस्तो खोज्छन्, त्यस्तै रंग उपलब्ध छन्, बजारमा। मूल रंगहरूको संयोजनबाट हजारौं रंगका सेड (छायाँ) निकाल्न सकिने भएको छ। एउटै आधार रंगबाट विविध रंग निकाल्न सकिने भएकाले प्रकाश छिर्ने अवस्थाका आधारमा घरको भित्ता र कोठा रंग्याउन मिल्छ।

घरानियाँ परिवारमा रङको प्रयोग बढ्दै गएको उनले बताए। बजारमा स्वदेशी तथा विदेशी कम्पनीका विभिन्न रङ उपलब्ध छन्। नेपाली बजारमा एसियन, पशुुपति, बर्जर, नेपाल, शीतल, महालक्ष्मी, सालिमा, इन्डिको, नेरोल्याकलगायत विभिन्न ब्रान्डका रङ पाउन सकिन्छ। नेपाली बजारमा अनेक गुुणस्तर तथा विभिन्न किसिमका रङ उपलब्ध रहेको व्यवसायी बताउँछन्।

नेपालमा कमेरो र रातोमाटोले घर रंग्याउने चलनलाई चुुना र ह्वाइट सिमेन्ट पेन्ट्सले विस्थापन गरेका छन्।

घर रंगाउँदा सुुत्ने कोठामा विशेष ध्यान दिनुुपर्ने हुुन्छ। सुुत्ने कोठाले मानिसको रात्रि जीवनमा पनि प्रत्येक्ष सरोकार राख्ने भएकाले मानिसको स्वभावअनुुसार रङको प्रयोग गर्न विज्ञको सुुझाव छ। विवाहितका लागि बैजनी, हल्का रातो तथा हरियोमध्ये उपयुुक्त मानिन्छ भने अविवाहितहरूका लागि रातो, हरियो तथा यी दुुई मि िश्रत रङ लगाउन उपयुुक्त हुुन्छ। अध्ययन गर्नेका लागि भने भने सेतो रङ राम्रो हुुन्छ। कालो तथा नीलो रङ सुुत्ने कोठाका लागि उपयुुक्त मानिँदैन।

यस्तो ठाउँमा मन शान्त हुुने खालका लाइट ब्लु, लाइट पिंक वा ह्वाइट रङ लगाउन सकिन्छ। बजारमा पछिल्लो समय आएका सिल्क कलर बेडरूमका लागि उपयुुक्त मानिन्छ। घरको प्रमुुख पाटोका रूपमा लिभिङ रूमलाई लिने गरिन्छ। जहिले लिभिङ रूपमा पर्याप्त प्रकाश छिर्ने र आकर्षक हुुनुुपर्छ। लिभिङ रूम सबैभन्दा पहिले देखिने र व्यक्तिको प्रतिष्ठा र पहिचान झल्किने कोठाको रूपमा लिने गरिन्छ। उक्त कोठालाई भद्दा रङ छनोट गर्नुु हुुँदैन। कोठालाई सुुन्दर देखाउन उज्यालो रङ लगाउनुु उपयुुक्त हुुन्छ। लिभिङ रूममा खैरो अथवा रातो रङ लगाउन राम्रा उपयुुक्त मानिन्छ।

व्यवसायीका अनुुसार पछिल्लो समय वार्षिक २० देखि २५ प्रतिशतले पेन्ट बजार बढ्दै गएको छ। तर, बजार आएका सबै कम्पनीको बिक्री उही रूपमा नभएकाले यसको वार्षिक बजार भने १५ प्रतिशतभन्दा बढी भएको अध्यक्ष साखले बताए। त्यसमध्ये ९० प्रतिशत हिस्सा बहुुराष्ट्रिय कम्पनीको छ भने वार्षिक करिब तीन अर्बको रङ आयात हुुने गरेको छ। नेपाली कम्पनी उत्पादन गरेका रङको तुुलनामा बहुुराष्ट्रिय कम्पनी तथा आयातित रङ महँगो भए पनि उच्च घरानाले ब्रान्ड रङ रूचाउने गरेको व्यवसायीहरूको भनाइ छ।

पेन्ट्सले घर–कोठालाई आकर्षक मात्र बनाउँदैन। पानी, ढुुसी, घाम आदिबाट सुुरक्षा पनि गर्छ। पेन्ट्सहरूमा पानी चिप्लने तत्व भएकाले पानी छिर्न पाउँदैन। घामको ताप छेक्ने रसायनले घरलाई चिसो बनाइराख्न पनि सहयोग गर्छ। लगानीमा वृद्धि र गुुणस्तरीय उत्पादनका कारण नेपाली रङ बजारमा आत्मनिर्भर बन्दै गएको व्यवसायीले बताएका छन्। बर्जर, कान्साई नेरोल्याक, एसियन, सालिमारजस्ता बहुुराष्ट्रिय कम्पनीबीच स्थानीय कम्पनीहरूले पनि आफ्नो उत्पादनलाई प्रतिस्पर्धात्मक बनाइरहेका छन्। घरकोठा रंग्याउने डेकोरेटिभ पेन्ट्समा नेपाल आत्मनिर्भरतातर्फ उन्मुुख छ। घरकोठामा रोजाइको रङ मानिसको जीवनशैली बन्न थाल्दा नेपाली पेन्ट्सको बजार पनि फस्टाउँदै गएको हो।

नेपाल रंगमा करिब आत्मनिर्भर रहेको व्यवसायी दाबी गर्छन्। ज्याष्मिन पेन्ट्सका सञ्चालक अर्यालले ९० प्रतिशत रंग नेपालमै उत्पादन हुुने गरेको र बाकी १० प्रतिशत बाहिरबाट आयात हुुने गरेको जानकारी दिए। उनका अनुुसार रंगका लागि कच्चा पदार्थ भने भारत, चीन, इन्डोनेसिया लगायत मुुलुुकबाट आयात हुुनेगरेका छन्।

नेपाली बजारमा बाहिर तथा भित्र दुुवै भागमा प्रिमियम, इकोनोमिक र रेगुुलर गरी विभिन्न प्रकारका रङ उपलब्ध छन्। भित्ता रंग्याउनुुअघि लगाइने वालपुुट्टी, प्राइमर, इमल्सन, डिस्टेम्पर आदि पनि रङकै उत्पादन हुुन्। रङका लागि आवश्यक कच्चापदार्थ भारतबाटै आयात हुुने गरेको छ। भारतमा समेत कच्चापदार्थ उत्पादन गर्ने आफ्नै उद्योग नभएको व्यवसायी बताउँछन्। रङको कच्चापदार्थका लागि भारत पनि परनिर्भर छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुुसार विकसित देशमा प्रतिव्यक्ति पेन्ट्स खपत ५–६ लिटरसम्म हुुन्छ। भारतमा प्रतिव्यक्ति पेन्ट्स खपत दुुई लिटरको हाराहारीमा हुुनुुले विकासशील राष्ट्रमा उक्लने सपना बोकेको नेपालमा यसको अथाह सम्भावना देखाउँछ। नेपालमा भने त्यो २०० मिलिलिटरको हाराहारीमा मात्र छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.