पर्वमै ओइरिन्छ रेमिटेन्स

पर्वमै ओइरिन्छ रेमिटेन्स

दुुई वर्षअघि सिटी मनी एक्सप्रेसले चाडपर्वलाई लक्ष्य गरी ग्राहक आकर्षित गर्न काठमाडौंमै चार आना घडेरी र कार उपहार दिने योजना ल्यायो। अहिले नगदमा जोड दिँदै कम्पनीले १२ लाख रुपैयाँसम्मको नगद उपहार योजना सार्वजनिक गरेको छ। पर्व मनाउन पैसाको आवश्यक पर्ने भएकाले हामीले नगदलाई प्राथमिकतामा राखेर बम्पर योजना सार्वजनिक गरेको सिटी मनी एक्सप्रेसका बजार प्रमुुख मधुुकुुमार लामाले बताए।

मुुलुुकमा भित्रिने कुुल रेमिटेन्समा ४० प्रतिशत हिस्सा रहेको दाबी गर्ने आईएमई रेमिटले दसैंतिहार र छठलाई लक्ष्य गरी ‘दसैंमा २० लाख बम्पर उपहार’ योजना ल्याएको छ। आईएमईले प्रत्येक महिना एक जना भाग्यशाली विजेतालाई एक लाख नगद, सातामा एक जनालाई १० हजार ‘आईएमई पे’ उपहार योजना ल्याएको छ। त्यस्तै प्रत्येक दिन १० जनालाई एक हजारका दरले उपहार दिने योजना सार्वजनिक गरेको छ।

वेस्टर्न युुनियन मनी ट्रान्फरले असोज ७ देखि कात्तिक मसान्तसम्म बम्पर उपहारस्वरूप एक जनालाई पाँच लाख रुपैयाँ नगद उपहार दिने भएको छ। दैनिक कारोबारका आधारमा एक जनालाई चिठ्ठामार्फत १५ हजार रुपैयाँ नगद उपहार दिने व्यवस्था मिलाइएको छ।

दसैं लाग्नेबित्तिकै सबै रेमिटेन्स भिœयाउने कम्पनीले विशेष उपहारसहित ग्राहक आकर्षण गर्न योजना ल्याएका हुुन्छन्। कुुनै कम्पनीले दुुई महिना त कुुनैले पूरै ९० दिनको योजना सार्वजनिक गरेका छन्। यस्तै उपहार योजनाले गर्दा पनि चाडपर्वमा बढी रेमिटेन्स भित्रिने गरेको हो। खर्च पनि अन्य समयभन्दा बढी हुने भएकाले केही वर्षयता दसैंमा रेमिटेन्स दोब्बर हुन्छ। सेवा प्रदायक कम्पनीका अनुुसार दसैंअघिका दुुई साता रेमिटेन्स बढी भित्रिने गर्छ। कुुल रेमिटेन्सको ४० प्रतिशतभन्दा बढी यसै अवधिमा भित्रिँन्छ।

वेस्टर्न युुनियन मनी ट्रान्सफरका नेपाल–भुुटान कन्ट्री प्रमुुख कवीन्द्र श्रेष्ठका अनुुसार सामान्य अवस्थाभन्दा दसैंमा ४० प्रतिशतसम्म रेमिटेन्स भित्रिने गरेको छ। छरिएर रहेको नेपाली बसेको स्थानमा पुुग्न सके रेमिटेन्स भित्रिने क्रम बढ्ने श्रेष्ठले बताए। ‘प्रतिस्पर्धाको नाममा अस्वस्थ प्रतिस्पर्धा हुुनु हुँदैन भन्ने हाम्रो मान्यता हो’, उनले भने,‘कानुुन पूर्णरूपले पालना गर्नुुपर्छ। पाँच सयभन्दा बढी ठाउँबाट वेस्टर्न युुनियन मनी ट्रान्सफरमार्फत नेपालमा प्रत्येक सेकेन्ड ३२ वटा रेमिटेन्सको कारोबार हुँदै आएको छ।’

दसैंको नवमीसम्म रेमिटेन्सको चाप रहने सिटी मनी एक्सप्रेसका बजार प्रमुुख मधुुकुुमार लामाले बताए। कोरिया र जापानमा आफ्नै कार्यालय खोलेर सेवा दिइरहेको सिटीले कोरियाबाट वैधानिक बाटो अपनाई नेपालमा रेमिटेन्स भिœयाउन सहयोग पुगेको उनको बुुझाइ छ। कुुल रेमिटेन्सको करिब १५ प्रतिशत हिस्सा आगट्ने सिटीले साउदी, कतार, जापान र मलेसियाबाट रेमिटेन्स भिञ्याउँदै आएको लामाले बताए। दसैंमा सामान्य समयभन्दा एक डेढ गुुणा बढी रेमिटेन्स भित्रिने गरेको उनले बताए।

नेपालका आधाभन्दा बढी घरधुुरीको प्रमुुख आयस्रोत रेमिटेन्स हो। उक्त आयमध्ये सबैभन्दा बढी दसैंमा नेपाल भित्रिने गरेको सरकारी तथ्यांक छ। यस वर्ष दसैंमा पहिलेको तुलनामा बढी रेमिटेन्स भित्रिने अनुुमान छ। यस वर्ष अन्तर्राष्ट्रिय बजारमा डलर महँगो भएकाले रेमिटेन्स बढ्ने जानकारहरू बताउँछन्।

नेपालका आधाभन्दा बढी घरधुुरीको प्रमुुख आयस्रोत रेमिटेन्स हो। उक्त आयमध्ये सबैभन्दा बढी दसैंमा नेपाल भित्रिने गरेको सरकारी तथ्यांक छ। यस वर्ष दसैंमा पहिलेको तुलनामा बढी रेमिटेन्स भित्रिने अनुुमान सेवा प्रदायक कम्पनीहरूले गरेका छन्। यस वर्ष अन्तर्राष्ट्रिय बजारमा डलर महँगो भएकाले रेमिटेन्स बढ्ने लामा बताउँछन्।

सरकारी तथ्यांकअनुुसार वर्षभरि भित्रिने रेमिटेन्समध्ये दसैंमा मात्र करिब ३० देखि ५५ प्रतिशतसम्म पुुगेकोे नेपाल राष्ट्र बैंकको तथ्यांक छ। पछिल्ला वर्षको तथ्यांकलाई केलाउँदा दसैंमा मात्र दुई खर्बभन्दा बढी रेमिटेन्स दुई सातामै भित्रिने गरेको छ। यस वर्ष यो अझ बढ्ने देखिएको छ। यसबाट धेरै नेपालीको जीवनस्तरमा सुुधार आउनुुका साथै गरिबी न्यूनीकरण गर्न टेवा पुुगेकोे छ।

छुट, उपहारलगायत योजनाले पनि अन्य समयको तुुलनात्मक दसैंमा रेमिटेन्स आप्रवाह बढ्न गएको हो।

दसैंमा अरु बेलाभन्दा बढी रेमिटेन्स भित्रिए पनि त्यसको उपयोग उपभोग्य वस्तुमै बढी हुुने गरेको जानकारहरू बताउँछन्। यस अवधिमा दसैं खर्चका लागि भन्दै विदेशमा रहेकाले पनि रकम घर पठाउने गरेकाले खर्च बढी हुुने गरेको हो।

नेपाल राष्ट्र बैंकले रेमिटेन्सको उपयोगबारे गरेको पछिल्लो अध्ययनले वैदेशिक रोजगारीबाट कमाएको रकममध्ये एक चौथाइ ऋण तिर्न खर्च भएको देखाएको छ। खाडी मुुलुुक मात्र नभइ अन्य सम्पन्न देशमा कामका लागि गएका लागि नेपालीले पठाउने रकमको एक चौथाइ ऋण तिर्नमै खर्च भइरहेको अध्ययनले देखाएको छ।

कुल रेमिटेन्सको २४ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुुने गरेको छ। शिक्षा तथा स्वास्थ्यमा १० प्रतिशत र अन्य घरायसी खर्चमा १३ प्रतिशत रकम खर्च भइरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। पछिल्लो अध्ययनअनुुसार कुुल रेमिटेन्समध्ये २८ प्रतिशत मात्र बचत हुुने गरेको छ।

रेमिटेन्सले औसत नेपालीको क्रयशक्ति बढाए पनि उत्पादनमूलक क्षेत्रमा त्यसको लगानी निकै कम छ। गाउँदेखि सहरसम्म उस्तै हर्षोल्लासका साथ मनाइने दसैंमा व्यापारसमेत बढ्ने गर्छ। कुुल राष्ट्रिय उपभोगको २० देखि २५ प्रतिशतसम्म दसैंअघिको २/३ साताको अवधिमा मात्रै हुुने अनुुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.