माटो खन्दा पुरिएर चार बालिका घाइते
बर्दिबास : महोत्तरीस्थित आरही नगरपालिका–३ मा दीपावलीको तयारीका लागि माटो खन्न लाग्दा चार बालिका ढिस्कोमा पुरिएर गम्भीर घाइते भएका छन् ।
एकको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुरका विनोद साहका १० वर्षीया छोरी मन्तोरिया साह छन् । उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।
औरही–३ श्रीपुरकै संझारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल र ८ वर्षीया वसन्ती यादव घाइते भएका हुन् । तीनैजनाको औरही बजारको एक क्लिनिकमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
४