भीर फुटाउने जिम्मा सेनालाई दिने तयारी

भीर फुटाउने जिम्मा सेनालाई दिने तयारी

खाँदबारी : चीन-भारत जोड्ने सबैभन्दा छोटो सडक किमाथांका-विराटनगर-रानी सडक निर्माण कार्यले गति लिन नसकेपछि ठूला चट्टान रहेको भीर फुटाउने जिम्मा सेनालाई दिने तयारी भएको छ। चट्टान भएको क्षेत्रमा सडक निर्माणको काम सेनालाई दिने प्रक्रिया अन्तिम चरणमा रहेको सांसद राजेन्द्र गौतमले जानकारी दिए।

किमाथांका जोडिन बाँकी २३ किलोमिटरमध्ये ठूला चट्टान भएको क्षेत्र करिब १५ किमि भएकाले त्यस क्षेत्रको कार्य सेनालाई नै दिने तयारी भएको सांसद गौतमले बताए। यही वर्षभित्र किमाथांकामा गाडीमा जान सक्ने बनाउन जटिल खण्डको जिम्मा सेनालाई दिन लागिएको उनले बताए। उनले भने, ‘विस्फोटक पदार्थ खरिद गरी चट्टान फुटाउने कार्यबारे सेनासँग कुरा भएको र उक्त प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’ यही आर्थिक वर्षभित्र खाँदबारी किमाथांकामा गाडी गुडाउने योजना अघि बढाई बजेट व्यवस्थापन गरी सडक जोड्ने योजना छ। समयमै काम सक्न सेनालाई दिनुको विकल्प नरहेको सांसद गौतमले बताए।

उत्तर-दक्षिण (कोसी) सडक आयोजनाले खाँदबारी-किमाथांका सडकको स्तारोन्नति र ट्र्याक खोल्ने काम गरिरहेको छ।

उत्तर-दक्षिण सडक आयोजना प्रमुख पशुपति ज्ञवालीका अनुसार चेपुवा, छुमसुर घोङगोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्छ। कडा चट्टानको भीर भएकाले १५ किमि सडकखण्ड विस्फोट गरेर मात्रै अघि बढ्न सकिने उनको भनाइ छ। सिम्बुङ हटिया खण्डको ट्र्याक खोल्ने, बरुण सिम्बुङको रेखांकन विवाद, अलैंची तथा गुम्बा क्षेत्रमा देखिएको समस्या समाधान गरेर सडक निर्माणको काम अघि बढिसकेको उनले बताए। सिन्धुपाल्चोकबाट तिब्बत हुँदै डोजर र इन्धन ल्याएर किमाथांकाबाट १४ किमि ट्र्याक खोले पनि डेढ वर्षदेखि निर्माण कार्य ठप्प छ।

उत्तर-दक्षिण (कोसी) सडक आयोजनाले खाँदबारी-किमाथांका सडकको स्तरोन्नति र ट्र्याक खोल्ने काम गरिरहेको छ। विभिन्न कारण देखाई संखुवासभामा अवस्थित प्रदेश १ को मुख्य व्यापारिक मार्ग त्रिदेशीय लिंक रोडको ट्र्याक खोल्ने कामले पूर्णता पाएको छैन।

सडक कार्यालयले किमाथांका-हटिया र खाँदबारी-हटिया दुईतिरबाट सडक खनिरहेको छ। सडक निर्माणका लागि हालसम्म दुई अर्ब ३९ करोड बजेटमध्ये दुई अर्ब ११ करोड खर्च भइसकेको सडक आयोजना प्रमुख ज्ञवालीले बताए। त्रिदेशीय लिंक रोड (भारत, नेपाल र चीन) निर्माण गर्न यस आवका लागि केन्द्रीय सरकारले ४७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। विराटनगरबाट किमाथांकासम्मको दूरी तीन सय ९० किमि छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.