रातु पुल सञ्चालन
बर्दिबास : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको बीचमा बाढीले भाँसिएको पुरानो पुलका उत्तरतिर बनेको रातु खोलको पुल सञ्चालनमा आएको छ।
पुलको दुवै तिर तीन सय ६० मिटर कालोपत्रेको काम सकिए लगतै पुल संचालनमा आएको छ। एक महिना अघि पुलको निर्माण काम सकिएको थियो। तर, पुलको दुवैतिर गिट्टी फिलिङ्ग गर्न र कालोपत्रे गर्न समय लागेपछि दसैंको मुखमा आएर पुल सञ्चालनमा आएको हो।
ठेक्केदार कम्पनीले तोकिएको समय भन्दा पन्ध्र महिना अगावै पुलको निर्माण सम्पन्न गरेको थियो। कालिका टु दी रसुवा जेबी काठमाडौंले २४ करोड ६० लाखमा पुल निर्माणको ठेक्का लिएको थियो।
आइ गर्डर (प्रिस्टेस) डिजाइनबाट पुल निर्माण भएको छ। २०७३ साल असार २९ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको ठेक्केदारले २०७६ पुस मसान्तसम्म निर्माण गरिसक्नु पर्ने थियो।
प्रतिक्रिया दिनुहोस !
४