‘मैले जनतालाई गएर के भन्ने’

‘मैले जनतालाई गएर के भन्ने’

काठमाडौं : प्रधानमन्त्रीलाई भेटेर आफ्ना माग राख्न उत्साहित भएर आएका राउटे शनिबार दुखित भएर फर्किएका छन्। राउटेका ठालु हरिबहादुर शाहीले प्रधानमन्त्री केपी ओलीले भेट नदिएकोमा दुखेसो पोख्दै भने, ‘मैले जनतालाई गएर के भन्ने ? केपी ओलीले साह्रै हेलाँ गरे, दुःख लागेको छ।’

ओली प्रधानमन्त्री भएदेखि नै भेट्न आउन कोसिस गरेका राउटे ६ महिनापछि आउँदा प्रधानमन्त्री भेट नदिएपछि निरास भएर फर्के। चार दिन राजधानीमा बस्दा पनि उनीहरूलाई प्रधानमन्त्रीले भेट दिएनन्।

‘माधव नेताले लिन गाडी नै पठाइदिन्थे’, उनले भने, ‘ओलीले त भेट्न पनि मानेन, यी कस्ता प्रधानमन्त्री रै’छन्, रैतीलाई पनि नभेट्ने।’ ठालु हरिबहादुरले दसैंमा खसी र चामलका लागि पैसा मात्र नभई आफ्नो जातिको संरक्षणका लागि नीति बनाई माग्न आएको बताए। ‘दसैंमा पैसा माग्न आयो भनेर भेट नदिएका होलान्, तर हामी पैसा मात्रै होइन, हाम्रा जनताका लागि नीति बनाइदिनू भन्न आएका थियौं’, उनले भने, ‘हाम्रा जनताले नुहाउन, खान र जिउभरि लुगा लगाउन पाऊन्।’ ठालु हरिबहादुरले दसैंका लागि खसी र चामल पनि नभएको बताए।

उनले आफ्ना माग पूरा नगरिदिएकाले २५÷३० ‘जनता’ लिएर तिहारपछि फेरि आउने बताए। ‘अहिले घटस्थापना र कालरात्रिको पूजा गर्नुपर्ने भएकोले मुखियाहरू पनि आएनन्’, उनले आक्रोशित हुँदै भने, ‘प्रधानमन्त्रीले हाम्रा माग पूरा गरिदिएनन् भने फेरि आउँछौ।’

राउटे लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारी (खड्का)ले प्रधानमन्त्रीले भेट नदिएपछि दुःखित हुँदै राउटेहरू फर्किएका बताइन्। उनले राउटेको माग सम्बोधन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीमार्फत आएको बताइन्। ‘कार्य व्यस्तताले भेट्न नपाएको खबर प्रधानमन्त्री पठाउनुभयो, माग पनि सम्बोधन गरिदिन्छु भन्नुभएको छ’, उनले भनिन्।

२०६७ सालदेखि प्रत्येक दसैंमा राउटेहरू राजधानी आएर प्रधानमन्त्रीलाई भट्ने गरेका थिए। सबैभन्दा पहिला माधव नेपाललाई राउटेले भेटेका थिए। पुष्पकमल दाहाल, झलनाथ खनाल र पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीलाई पनि राउटेले भेटेका थिए। गत वर्ष भेट नदिए पनि उनीहरूलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच लाख रुपैयाँ उपलब्ध गराएका थिए।

गृहमन्त्री रामबहादुर थापालाई भेट्न जाँदा प्रहरीले रोकेका उनीहरूले बताए। ‘भित्र जान खोज्दा प्रहरीले लखेट्यो, भागेर बाँचियो’, ठालु हरिबहादुर भने।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उनीहरूलाई भत्ता बढाइदिने आश्वासन दिएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले राउटे महिलाको उत्थानका लागि कार्यक्रम दिने आश्वासन दिएकी छन्।

। काठ समान बनाएर बेच्ने राउटेहरूले बालाजु, ललितपुर औद्योगिक क्षेत्रमा गएर काठबाट बन्ने समान हेरे। उनीहरूलाई ललितपुर औद्योगिक क्षेत्रले नमुना काठका सामग्री दियो। राउटेले औद्योगिक क्षेत्रले दिएको समान बनाएर जीविकोपार्जन गर्ने बताएका छन्। यसैबीच भारतीय सीमा सुरक्षा बलको ज्यादती सहँदै आएका सुस्ताबासीले पनि प्रधानमन्त्रीको भेट पाएनन्। उनीहरू दुई साता थापथालीको कालमोचन घाटमा बसेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.