सोनामाई मन्दिर, जहाँ दसैंमा लाग्छ अनौठो भूत मेला !

सोनामाई मन्दिर, जहाँ दसैंमा लाग्छ अनौठो भूत मेला !

बर्दिबास : दसैं मनाउने आआफ्ना चलन छन्। १० दिनसम्म पूजाआजा गरी मनाइने दसैं ठाउँ अनुसार विभिन्न किसिमले मनाएजस्तै तराईका जिल्लामा पनि गजब गजब चलन देख्न पाइन्छ।

हामी तपाईँलाई महोत्तरीस्थित सोनामाई मन्दिर लैजाँदैछौँ जहाँ दसैंमा भूत मेला लाग्छ।

तपाईँ यसलाई विश्वास भन्न सक्नुहुन्छ, अन्धविश्वास ठान्न पनि सक्नुहुन्छ। तर दसैं मान्ने यो अनौठो चलन यहाँ वर्षौँदेखि निरन्तर छ। र, नेपालबाट मात्र होइन, छिमेकी मुलुक भारतबाट पनि हजारौँ भक्तजन यहाँ आइपुग्छन्।

महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ । सोनमाई मन्दिर परापूर्व कालदेखि नै भूत मेलाले प्रख्यात छ। चौथीदेखि विजयादशमीसम्म चल्ने भूत मेलामा हजारौँ दर्शनार्थीको भीड लाग्ने गर्दछ।

भूत, बोक्साबोक्सी र दुष्ट आत्माले सताएको विश्वास गर्ने हजारौँ मानिसहरू हरेक वर्ष यो मेलामा आउने गर्छन्। सोनामाईको कृपाले त्यस्ता समस्याबाट छुटकारा मिल्ने जनविश्वास छ।

आफूलाई भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीबाट पीडित भएको ठान्नेहरू सोनामाई सीमाक्षेत्रमा आउनेबित्तिकै देवी शक्तिले लड्ने , रुने, हास्ने विभिन्न गतिविधि गर्दै देवी दरबारसम्म पुग्ने गर्दछन्। दरबारमा पुगेका 'पीडित' हरूमा माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको पुजारी झगरु झाको भनाई छ।

सप्तमीदेखि विजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट लगायत भारतका विभिन्न सहरसम्मका हजारौँ महिलापुरुष पुग्ने गरेको स्थानीयवासीहरू बताउँछन्।

सोनामाई शक्तिपीठमा दर्जनौं धामी झाँक्रीहरू रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने पीडितहरूको पीडा समाधान गर्न २४ सै घण्टा माता पनि विराजमान रहेने पूजारी झाले बताए।

माता दरबारमा जीवनको एकपटक पुगेमा फेरि कहिल्यै भूतप्रेत र बोक्साबोक्सीको शक्ति नलाग्ने विश्वास छ।

यो पर्वमा प्रतिमाको रुपमा काली, दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पूजाआजा गर्ने परम्परा रहेकोमा पूजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमिको दिन बेलटुट्टी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म खसीबोकाको बली एवं नाचगानसहित मेला लाग्ने गरेको छ। अन्तिम दिन अर्थात एकादशीको दिन मेला विसर्जन कार्यक्रम राखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.