महोत्तरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
बर्दिबास : महोत्तरीको रामगोपालमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
रामगोपालपुर ९ बस्ने १८ वर्षीय गोविन्द साहको ज्यान गएको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायव निरीक्षकम अजय झाले जानकारी दिए । सम्सीबाट रामगोपालपुर आउने क्रममा जग्हा पुलमा ठोकिएर गम्भीर घाइते भएका उनको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा ज्यान गएको हो।
तिब्र गतिमा चलाएको ज ५ प २४१८ न को मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोकिएर दुर्घटना भएको हो।