मुसहरको पहिलोे दसैंको टीका

मुसहरको पहिलोे दसैंको टीका

बर्दिबास : महोत्तरीको बर्दिबासस्थित एकीकृत नमुना मुसहर बस्तीमा यस वर्षको दसैंमा रौंनक छाएको छ ।  मुसहरले पहिलो पटक दसैंको टीका ग्रहण गरेका छन् । जीवनमा गरिबीका कारण उठन नसकेका मुसहरले चाडपर्वमा मिठोमसिनो खाने दिने आएको छ ।

धुर्मुस–सुन्तलीले मुसहरका लागि एकीकृत नमुना बस्ती बनाइदिएपछि उनीहरुको दिनचर्चा निरन्तर फेरिदो क्रममा छ। १०४ वर्षीया मरनीदेवीको हातबाट उनीहरुले टीका ग्रहण गरेका हुन् । टीका कार्यक्रममा बर्दिबास नगरपालिका पूर्व कार्यकारी अधिकृत रामकुमार कार्की, होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर २ का अध्यक्ष हिरा गौतम, एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु मुसहर सहभागी थिए ।

बस्तीका बच्चादेखि वृद्धवद्धाहरुले विजयादशमीको टीका लगाएका छन् । टीकापछि बस्तीका स्थानीयले संयुक्तरुपमा भोज खाएका थिए । मुसहरहरुलाई बर्दिबास नगरपालिका पूर्वकार्यकारी अधिकृत रामकुमार कार्कीले  दसैंको अवसरका सामुहिक भोज खुवाएका हुन् ।

मुसहर बस्तीमा कार्कीले पिङको व्यवस्था पनि गरिदिएको मञ्जय मुसहरले जानकारी दिए । उनीहरुले घर घरमा खसी काटेर दसैं मनाएका छन् । रोहित मुसहरले जीवनमा पहिलो पटक दसैको टीका लगाउँदा आफूहरु दंग भएको बताए । ‘हामी पनि खुसी छौं,बच्चा पनि रमाएका छन्,’ उनले भने । 



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.