आठ महिने बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पक्राउ

आठ महिने बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पक्राउ

महोत्तरी : महोत्तरीको औरही नगरपालिका–१ की आठ महिने दुधे बालिकालाई अपहरणपछि हत्याका फरार अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साह रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । साहलाई सप्तरी र सुनसरीको सीमानामा रहेको सप्तकोशी पुल कोशी ब्यारेजबाट प्रहरीले चेक जाँचको क्रममा पक्राउ गरेको हो ।

सीसी क्यामरा बन्यो प्रमाण

औरही बजारका फैन्सी तथा कस्मेटिक पसल संचालक  संतोष चौधरीकी ८ महिने छोरी सोनालीलाई रक्षाबन्धनको दिन भदांै १० गते पसलबाटै अपहरण  पश्चात बलात्कार गरी भरतले हत्या गरिएको अभियोग लागेको छ ।

्नाबालिका अपहरण गरेको प्रमाण संतोषको  पसलमा रहेको सीसीटीभी फुटेजबाट कैद भएको थियो । बालिकाको हत्या भएको करिब २ महिनापछि अभियुक्त पक्राउ परेको हो ।

अपहरण, बलात्कार , हत्या

‘हामीले दसैं, तिहारलाई लक्षित गरेको विशेष सुरक्षा योजना अन्तर्गतको परिचालित प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो,’सुनसरीका एसपी अधिकारीले भने,‘ भरतमाथि बालिका अपहरण पश्चात बलात्कार गरी हत्या गरेकोे परिपत्र महोत्तरी प्रहरीले हामीलाई पठाइएको थियो । यसैको आधारमा चेकजाँच गर्दा अभियुक्त पक्राउ गर्न सक्यौं ।’

पक्राउ परेका अभियुक्त साहको तस्बिर महोत्तरी प्रहरीलाई भाइबरमा पठाएर बालिकाको ज्यान लिने भारत रहेको पुष्टि महोत्तरी प्रहरी गरेको हो ।पक्राउ परेका साहलाई सुनसरीबाट महोत्तरी ल्याउने तयारी भइरहेको महोत्तरीका एसपी ईश्वर कार्कीले जानकारी दिए।

बालिका हत्याराको खोजी गर्न जिल्लाको प्रहरी परिचालित थियो ।  खेलिरहेकी बालिकालाई अपहरण गरेर हत्या गरेको भोलीपल्ट भदौं ११ गते भंगाहा नगारपालिका–७ स्थित फेकु चौधरीको आँप बगैंचामा फेला परेको थियो । 

अभियुक्तको यस्तो छ, ‘हिस्ट्री’

उनलाई पक्राउ गर्न प्रहरीले गौशालाको भरतपुरमा रहेको मामाघर, हतिसर्वामा रहेकी फुपूको घर, लोहरपट्टिको भमरपुरामा रहेकी २ दिदीबहिनीको घर, धनुषाकी सानिमादेखि बलवा सरपल्लोमा घर भएकी बहिनीको नन्दको घरमासमेत प्रहरीले खोजतलास गरेको थियो । 

साहको पुराना ‘हिस्ट्री’, गतिविधि र बानीबेहोरा पत्तो लगाएर प्रहरीले काठमाडौंको गौशालादेखि भारतका काउन्टरपार्टससँग समन्वय गरी खोजतलास र सूचना आदानप्रदान जारी राखेको थियो ।

 अभियुक्त साह लागुऔषधको कुलतमा फसेको रहस्य खुलेको छ । अपहरणको २ दिनअघि (शुक्रबार) जलेश्वरपारिको सीमावर्ती श्रीखण्डी भित्री बजारस्थित एक औषधि पसलबाट साहले दुव्र्यसनीले प्रयोग गर्ने ‘नाइट्राभेट’ ट्यावलेट लिएर आएको पाइएको प्रहरीले जनाएको छ । यसैका आधारमा सुरक्षाकर्मीले दुव्र्यसनी लुक्नसक्ने सम्भावित स्थानमा खोजी र निगरानी पनि बढाएको थियो । 

साहका नातागोतामा पर्नेलेसमेत उसको लागूऔषध सेवन गर्ने कुलतले गर्दा परिवारदेखि इष्टमित्र र नातागोतासँग समेत केही समयले आउजाउ बन्द भएको जनाएका छन् । जसको घरमा गयो उसैको चोरी गर्ने हँुदा साहलाई कसैले मन नपराउने गरेको आफन्तजनले प्रहरीलाई बताएका थिए ।

यस्ता कुलतले गर्दा साह विगत ८ र ९ महिनादेखि घर छाडेर कहिले काठमाडौं कहिले जनकपुर लगायतका ठाउँमा बरालिदै हिँड्ने गरेको स्थानीयको भनाइ छ । साहले जहाँ पुग्यो त्यहाँ टापटिपे चोरी गर्दे आएको औरहीस्थित स्थानीयको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.