मापसे गरी सर्वसाधरणमाथि हातपात गर्ने वडाअध्यक्ष प्रहरी खोरमा
ओखलढुंगाः मानेभञ्ज्याङ गाउँपालिका- ६ थाक्लेका वडा अध्यक्ष हेमराज राई मादक पदार्थ सेवन गरेर सर्वसाधारणमाथि हातपात गर्दा प्रहरी खोरमा पुगेका छन्। मापसे गरेर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन्।
शनिबार राति मातेर पेट्रोल पम्पमा पुगेका राईले हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। मासपे गरेर आयल स्टोरमै पुगी डाङडाङ डुङडुङ गरेकाले पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताए।
अनुसन्धान गरेर मुद्दा चलाइने उनले जनाए। शर्माले जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानुनी कारवाही गर्नुपरेको हो। स्थानीय तहको चुनाव अघिसम्म राईले यातायात क्षत्रेमा गुण्डागर्दी गर्दै आएको स्थानीयको आरोप छ।
वडा अध्यक्षबाटै असुरक्षित हुने अवस्था आएको पीडित पक्षले गुनासो गरेको छ। घटनापछि प्रहरीले हर्कपुरबाट राईलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस !