कृष्णनगरमा ५ बजेपछि फेरि कर्फ्यू

कृष्णनगरमा ५ बजेपछि फेरि कर्फ्यू

तौलिहवा : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजेपछि पुनः कर्फ्यू लगाएको छ। सोमबार बिहान ८ बजेदेखि दुई चरणमा हटाएको कर्फ्यू पुनः लगाएको हो। 

प्रशासनले सोमबार बिहान ८ बजे देखि १२ बजेसम्म र दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म दुई चरणमा कर्फ्यू हटाएको थियो। तर प्रशासनले साँझ ५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म कर्फ्यू लगाएको हो।

शनिबारदेखि अशान्त बनेको भारतीय सीमावर्ती कृष्णनगरमा आइतबार साँझदेखि कर्फ्यू लगाइएको थियो। सोमबार बिहानदेखि कर्फ्यू हटाइएपछि त्यहाँको जनजीवन सामान्य बन्दै गएको भएपनि साँझ पुनः कर्फ्यू लगाइएको हो।

प्रशासनका अनुसार कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरागाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाइएको छ।

दुर्गा पूजाका मूर्ती बिसर्जन गर्ने क्रममा शनिबार स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको थियो। 

गएराति कडा सुरक्षाबीच दुर्गा पूजाको मूर्ती बिसर्जन गरिएको थियो। दसैं एकादशीमा दुर्गा पूजाको मूर्ती बिसर्जन गरिदै आए पनि यसबर्ष विवाद भएपछि द्वादसीमा मूर्ती बिसर्जन गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.