दुर्गमका डिपोमा पुग्दैन चामल

दुर्गमका डिपोमा पुग्दैन चामल

जुम्ला : राष्ट्रिय राजमार्गसँग जोडिएपछि जुम्लामा खाद्य संस्थानको चामल उपभोग गर्नेको संख्यामा कमी आएको छ। स्थानीय बजारहरुमा संस्थानको भन्दा स्तरीय चामल सहजै उपलब्ध हुन थालेपछि संस्थानको चामल उपभोग गर्नेको संख्या घट्दै गएको हो।

कर्णाली राजमार्गको स्तराेन्नतिसँगै जुम्लाका ग्रामीण भेगसम्म सडक जोडिएपछि गाँउघरमै स्थानीय ब्यापारीद्वारा बजारको खाद्यान्न उपलब्ध हुन थालेको छ। बढ्दो प्रतिस्पर्धाका कारण ब्यापारीहरुले खाद्यकै मुल्यमा बजारको चामल गाँउघरमा विक्री गर्दा संस्थानको चामल थन्किएको हो।

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका अनुसार विगत एक वर्षदेखि संस्थानमा एक सय क्विटल जापानीज चामल विक्री भएको छैन। सरकारले प्रतिकेजी ४४ रुपैयाँबाट एक्कासी ६५ रुपैँया पुर्याएपछि चामल गोदाममै थन्किएको हो। बजारमा चामल घटेर ६१ रुपैयाँमा पाइन थालेकाे छ।

संस्थान शाखा कार्यालयमा दसैंलाई लक्षित गरी गोदाममा जम्मा गरिएको करिब आठ सय क्विन्टल चामलमध्ये दसैंमा करिब तीन सय क्विन्टल मात्र चामल बिक्री भएको छ। ‘दशैमा अपेक्षा अनुसारको चामल विक्री भएन, दशैका लागि जिल्ला भित्र्याएको चामल हामीसँग प्रयाप्त बचेको छ’ संस्थान शाखा प्रमुख पुर्ण बहादुर थापाले भने, ‘गोदाममा थन्किएको चामल तिहारसम्म पनि कट्दैन जस्तो छ, जिल्लामा खाद्य अपुग छैन।’ अहिले संस्थानमा ६ सय क्विन्टल चामल मौज्दात छ। संस्थानमा पाईने ३ प्रकारको चामलमध्ये सोना मन्सुली प्रतिकेजी ५० रुपैयाँ, उसिना मनसुली ४२ रुपैयाँ र जापानी चामल ६१ रुपैयाँ २५ पैसामा विक्री हुदै आएको छ।

‘कर्णाली प्रदेशका डोल्पा, जाजरकोट, हुम्ला लगाएतका जिल्ला र जुम्लाका ग्रामीण डिपोमा खाद्य अपुग भैरहेको बेला जुम्ला खाद्य संस्थानमा भने चामल थन्किएको छ।’ संस्थानमा थन्किएको चामल दसैंमा विक्री हुने अपेक्षा गरिएपनि स्थानीयले डिपोको चामलमा रुचि देखाएनन्।

संस्थानबाट प्रतिदिन ५ देखि १० क्विन्टलसम्म चामल विक्री हुने गरेको संस्थानले जनाएको छ। जिल्लाको ग्रामिण भेगमा रहेका अन्य दुईवटा खाद्य संस्थानका चामल डिपोहरुका उपभोक्ताले संस्थानको चामल पहिलेदेखिनै खरिद गर्न छोडिसकेका थिए। सरकारले उपलब्ध गर्ने संस्थानको चामल जुम्लाका लागि वार्षिक १० हजार क्विन्टल कोटा रहेको छ।

डिपोमा पुग्दैन चामल

जुम्लाको ग्रामीण क्षेत्रका खाद्य डिपोमा समयमै चामल नपुग्दा त्यहँका स्थानीयलाई चामल खरिद गर्न सदरमुकाममा रहेको खाद्य संस्थानमा धाउन सकस भएको छ। सिजा गाउँपालिकाको धापामा र तिला गाउँपालिकाको जुम्लाकोट डिपोमा संस्थानको चामल नहुँदा स्थानीय बजारकै चामल खरिद गर्न बाध्य छन्। खाद्य संस्थाका निमित्त प्रमुख थापाका अनुसार धापा र जुम्लाकोट डिपोमा २५/२५ सय क्विन्टलको कोटाको चामल आउनुपर्नेमा अहिलेसम्म डिपोमा चामल आएको छैन्। संस्थानको चामल सदरमुकामस्थित गोदाममा प्रशस्त थुप्रिएको छ तर ग्रामीण क्षेत्रको डिपोमा टेण्डर आव्हान गरेर ठेकेदारले समयमा चामल नपुर्याउँदा समस्या भएको उनले बताए।

गाउँको डिपोमा ल्याउँदा चामल बीच बाटोमै विक्री हुने, डिपोमा आएपनि नजिकैका व्यापारीले विक्रीमा राख्ने र समयमा चामल नपुग्ने भएकोले संस्थानको चामलप्रति स्थानीयको चासो घट्दै गएको स्थानीय समाजसेवी मुनबहादुर बोहोराले बताए। दुर्गम क्षेत्रका बासिन्दालाई मध्यनजर गर्दै डिपो स्थापना भएको भएपनि डिपोमा चामल ल्याउनेक्रममा निकै लापारबाही हुने गरेको स्थानीयको गुनासो छ। समयमै डिपोमा चामल नपठाउने तर जिल्लाकै लागी चामल अपुग नभएको संस्थान शाखाले दावी गरेको छ। खाद्य संस्थान क्षेत्रीय कार्यालय नेपालगञ्ज, राजापुर र सुर्खेतदेखि वार्षिक १० हजार क्विन्टल चामल जुम्ला आयात हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.