केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड

केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड

महोत्तरी : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को लागि राम्रो दिन आएको बताएका छन्। विकासको दृष्टिले पछि परेको प्रदेश २ लाई समृद्ध बनाउन केन्द्रीय सरकारले योजना ल्याएको उनले बनाए।

महोत्तरीको गौशालामा दसैं, दिपावली, छठको अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्न हेलिकपटर चढेर आएका प्रचण्डले भने, ‘दुई बाम पार्टीको एकतादेखि नै हाम्रो नजर प्रदेश २ मा छ।’ पार्टी एकतापछि विकासको विगुल बजाउन प्रधानमन्त्री केपी ओली र आफू संयुक्त रुपमा मधेस झरेको उनको कथन छ।

शिक्षा, स्वास्थ्य, सडक, रोजगारीका समस्या सम्बोधन गर्ने गरी मधेसका जनताको जीवनस्तर उठाउन सरकारले कार्यक्रमहरू अघि सारेको प्रचण्डले बताए। ‘सुनकोशी, कमला, मरिण खोलाको पानी मधेसको जमिनमा सिचाईं गर्न र पिउनका लागि ल्याउने योजना सारेका छौं। पूर्व—पश्चिम रेलमार्ग, निजगढमा अन्तराष्ट्रिय विमानस्थल बन्दै छ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘साँच्चिकै भन्ने हो भने मधेसको लागि आउने दिन राम्रो हुनेछ।’

प्रधानमन्त्री ओली र आफ्नो चीन तथा भारत भ्रमणले विकासको एजेण्डामा सहमति भएकोले देश विकासको बाटोमा लम्किएको उनले दावी गरे।

देश परिवर्तनमा मधेसी जनताले गरेको लगानीको प्रतिफल मिल्ने उनको भनाई छ। ‘वर्ग संघर्ष, जनआन्दोलन, जनयुद्धमा मधेसका जनताले ठूलो लगानी गरे,’ प्रचण्डले भने, ‘त्यसको प्रतिफल प्रदेश २ ले पाउनु पर्छ। हामी दिन पनि तयार छौं।’

महोत्तरीको गौशाला विकासमा पछि परेको मेयर शिवनाथ महतोले बताए। गौशाला पुरानो व्यपारिक केन्द्र रहेपनि विकासको दृष्टिबाट फड्को मार्न नसकेकोले केन्द्रीय सरकरले यहाँको विकासको लागि विशेष योजना बनाउन मेयरले गरेको आग्रहमा प्रचण्डले केन्द्रीय सरकारका तर्फबाट प्रतिबद्धता जनाए।

नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बाम सरकारकै पालमा देश समृद्ध बन्ने दावी गरे। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरेल, भौतिक पूवैधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायत उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.