विश्वका पाँच सय शिक्षाकर्मी काठमाडाैंमा

विश्वका पाँच सय शिक्षाकर्मी काठमाडाैंमा

काठमाडौं : नेपालसहित विश्वभरका पाँच सय शिक्षाकर्मी काठमाडौंमा जम्मा भएका छन्। सामुदायिक विद्यालयको शिक्षा सुधारमा नेपालले सञ्चालन गरेको अभियानबारे जानकारी लिने र यहाँका राम्रा अभ्यासलाई अन्य मुलुकमा पनि अनुसरण गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुन उनीहरू जम्मा भएका हुन्।

सामुदायिक विद्यालयको शिक्षा सुधारमा पाँच वर्षदेखि सक्रिय टिच फर नेपाल र टिच फर अलको संयुक्त आयोजनामा बुधबारदेखि काठमाडौंमा सम्मेलन सुरु भएको छ। शुक्रबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाललगायत टिच फर अल सञ्जालमा आबद्ध राष्ट्रका करिब पाँच सय जनाले सहभागिता जनाएको टिच फर नेपालका सञ्चार व्यवस्थापक विपीन महर्जनले जानकारी दिए।

हरेक वर्ष फरकफरक मुलुकमा सम्मेलन हुन्छ। यस वर्षको नारा केन्द्रमा समुदाय रहेको छ। यस नाराको मुख्य उद्देश्य विविध भाषा, संस्कृति र समाजको आवाजलाई थप मजबुत बनाई संगठित तरिकाले अगाडि ल्याउनु हो। साथै टिच फर नेपाल कार्यरत विभिन्न विद्यालय र समुदायबाट अनुकरणनीय एवं सकारात्मक कार्यको अवलोकन÷अनुसरण गर्न समुदाय र विद्यालयसँग घनीभूत संवाद गर्नु रहेको सम्मेलनको मुख्य उद्देश्य रहेको टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक शिशिर खनालले बताए।

सम्मेलनअन्तर्गत बुधबार सार्वजनिक शिक्षा सुधारका लागि समुदायको भूमिका, असल विद्यार्थी उत्पादनका लागि स्थानीय र विश्वव्यापी अवधारणाको अनुसरणलगायतका विषयमा सहभागी मुलुकका प्रतिनिधिबीच अनुभव आदानप्रदान भएको छ।

टिच फर नेपालले २०७० देखि विद्यालयसँगको साझेदारीमा विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवालाई छनोट गरेर तालिम दिई अंग्रेजी, गणित र विज्ञान शिक्षक उपलब्ध गराउँदै आएको छ। हाल ५१ सामुदायिक विद्यालयमा यो अभियान सञ्चालित छ, जसमा १ सय १० जना प्रज्ञार्थी शिक्षक कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.