सम्बन्ध सुदृढ बनाउन उत्साहित छु : अमेरिकी राजदूत

सम्बन्ध सुदृढ बनाउन उत्साहित छु : अमेरिकी राजदूत

काठमाडौं : नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल–अमेरिका मैत्रीसम्बन्ध अझ सुदृढ बनाउने बताएका छन्। यहाँ दोस्रोपटक काम गर्न आएका उनी यतिबेला राजदूतको भूमिकामा छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै यस्तो धारणा व्यक्त गरेका हुन्।

राष्ट्रपति भवन शीतलनिवासमा अन्य ३ देशका गैरआवासीय राजदूतसहित उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए। बिहीबार नै तान्जानिया, माल्टा र क्रोएसियाका गैरआवासीय राजदूत क्रमशः बराक हरान लुभान्डा, स्टेफेन बोर्ग र पिटर ल्जुबिसिकले पनि ओहोदाको प्रमाणपत्र बुझाए। उनीहरू प्रमाणपत्र बुझाउन बग्गी चढेर शीतलनिवास पुगेका थिए।

उपप्रमुख बेरी नियोग प्रमुख नै भएर आए

१० वर्षअघि उपप्रमुख रहेका बेरी नियोग प्रमुख भएर आएका हुन्। एलजीबीटीआई (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर र इन्टरसेक्सुअल) अभियानमा सक्रिय अमेरिकी कूटनीतिज्ञका रूपमा चिनिएका बेरीको भूमिका अब त्यस्तो अभियानमा मात्र रहनेछैन। ‘नयाँ भूमिकामा फर्कन पाउँदा मलाई ज्यादै खुसी लागेको छ’, उनलाई उद्धृत गर्दै दूतावासले भनेको छ, ‘नेपाल र अमेरिकाबीचको मित्रतालाई थप मजबुत बनाउन म उत्साहित छु। मलाई आशा छ, हामीहरूको कूटनीतिक संलग्नताले दुई देशबीच रहँदै आएकौ साझेदारी तथा सहकार्य प्रवद्र्धन गर्नेछ।’

राजदूत बेरीले यसअघि नियोग उपप्रमुखका रूपमा सन् २००७ देखि २००९ सम्म काम गरेका थिए। १० वर्षअघिको र अहिलेको नेपालबारे उनले केही समय बुझेर काम गर्ने छन्। उनी अमेरिकी कूटनीतिक सेवाका मिनिस्टर काउन्सलर दर्जामा रहेर काम गरेका परराष्ट्र सेवाका वरिष्ठ करियर कूटनीतिज्ञ मानिन्छन्।

अमेरिकामा अन्य सेवाबाट पनि कूटनीतिमा प्रवेश गर्न पाउने भए पनि उनी सन् १९९३ देखि कूटनीतिज्ञ सेवामा अफिसर्समा नै प्रवेश गरेका हुन्। नेपालमा सानो पदमा प्रवेश गरेर ठूला पदमा जान सक्ने भए पनि अमेरिका, बेलायतजस्ता विकसित देशमा भने माथि पुग्न अफिसर्स स्तरमा नै प्रवेश वा राजनीतिक तवरबाट अझ माथि प्रवेश गर्ने चलन छ।

उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा विदेशमा २० वर्षभन्दा लामो समय बिताएका छन्। पछिल्लो समय दुई वर्षयता वासिङटन, डीसीमा लोकतन्त्र, मानव अधिकार तथा श्रमसम्बन्धी ब्युरोमा दक्षिण तथा मध्य एसियाका लागि उपसहायक सचिवमा कार्यरत थिए। उनले एलजीबीटीआई व्यक्तिहरूको मानव अधिकारसम्बन्धी अमेरिकी विदेश मन्त्रालयका पहिलो विशेष दूतका रूपमा पनि काम गरेका थिए।

नेपालबाहेक उनले न्युजिल्यान्ड, नेदरल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश, युगान्डा र ती राष्ट्र हेर्ने डेस्कमा काम गरिसकेका छन्। कोलोर्‍याडोका बेरीले कान्सास राज्यको लिन्ड्सवर्गस्थित बेथनी कलेजमा अध्ययन र अस्ट्रेलियाको एडिलेड विश्‍वविद्यालयबाट स्नातकोत्तर गरेका हुन्। विवाहित उनको दुई सन्तान छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.