शिक्षाका सहसचिव हेरफेर

शिक्षाका सहसचिव हेरफेर

काठमाडौं : शिक्षा मन्त्रालयले दुई सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौड्याललाई पाठ्क्रम विकास केन्द्रको कार्यकारी निर्देशक बनाइएको छ। पाठ्यक्रमका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा पठाइएको छ।

दुवै सहसचिवले जिम्मेवारीसमेत सम्हालिसकेका छन्। कक्षा १२ सम्मलाई विद्यालय शिक्षामा समावेश गरेसँगै एकीकृत पाठ्यक्रम बनाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रमा छ। मुलुक संघीय संरचनामा गएपछि यसअघि सहसचिवको नेतृत्वमा रहेको शैक्षिक जनशक्ति विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र र शिक्षा विभाग आपसमा गाभिए पनि पाठ्यक्रम विकास केन्द्र भने यथावत् राखिएको थियो।

शिक्षा ऐनको आठौ संशोधनले यसअघि रहेको विद्यालय तहको संरचनालाई परिवर्तन गरेर १ देखि ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तह बनाएको छ। ‘नयाँ कार्यालयमा हाजिर भएको छु। एकदुई दिनमा यहाँको आन्तरिक प्रक्रिया बुझेर कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नेछु’, पौड्यालले भने।

मन्त्रालयले पाठ्यक्रमको प्रारूप पारित गरिसके पनि स्कुलमा भने सोहीअनुसार लागू हुन सकेको छैन। शैक्षिक गुणस्तर परीक्षण केन्द्रलाई पनि समग्र विद्यालय शिक्षाको अनुगमन गर्ने महत्वपूर्ण अधिकारसहित यथावत् राखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.