क्रिकेट प्रतियोगिताका लागि सहयोग जुट्दै

क्रिकेट प्रतियोगिताका लागि सहयोग जुट्दै

बर्दिबास : गौतम होटल बर्दिबास महोत्तरीका प्रबन्धक हिरा गौतमले क्रिकेट खेलाडीहरुलाई एक लाख रुपैयाँ बराबरको खेल समाग्री प्रदान गरेका छन् । पत्रकार सम्मेलन गरेर उनले महोत्तरीको बर्दिबास नगरपालिका–१३ बिजलपुरास्थित बिजलपुरा स्पोर्टस क्लबलाई क्रिकेटका खेल समाग्री हस्तान्तरण गरेका हुन् । 

क्लबले बर्दिबास नगरपालिका स्तरीय क्रिकेट टुर्नामेन्टको आयोजन गर्न मुठ्ठीदान अभियान चलाइरहेको थाहा पाएर होटलका प्रबन्धक गौतमले ब्याट, विकेट, जर्सीलगायतका खेल समाग्री प्रदान गरेका हुन् । 

हिन्दुहरुको पर्व दिपावली तथा छठको उपलक्ष्यामा बिजलपुरामा कार्तिक ११ गतेबाट सात सुरु हुने क्रिकेट सात दिनसम्म चल्नेछ।  स्थानीय सुखलाल महतो अध्यक्षतामा क्रिकेट खेल सञ्चालन समिति गठन गरेर गाउँले युवाको क्रिकेटप्रतिको रुची आत्मसाथ गरेर बर्दिबास नगरपालिका स्तरीय खुल्ला क्रिकेट टुनामेन्ट ‘बिजलपुरा कप—२०७५’ सञ्चालन गर्न लागेको बताइएको छ। 

खेलाडीहरुलाई खेल समाग्री प्रदान गर्दै समाजसेवी हिरा गौतमले खेलले समाज राष्ट्रलाई चिनाउने भएकोले खेलाडीलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।  क्रिकेट खेलको मुख्य प्रायोजक गौतम होटल समेत बनेको छ। 

एक सातासम्म चल्ने खेलमा कम्तिमा दुई लाख खर्च हुने क्रिकेट खेल आयोजक बिजलपुरा स्पोर्ट क्लबका कप्तान ज्ञानेन्द्र सिंहले बताए । बर्दिबासमा फुटबल, ब्याडमिन्टन, तेक्वान्दो, भलिबल, क्रिकेट जस्ता खेलमा युवा सहभागी छन् । राष्ट्रिय स्तरको खेलाडी उत्पादन  गर्न खेलको आयोजना गरेको आयोजकले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.